अक्सिजन सिलिण्डर उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको आग्रह

अक्सिजन सिलिण्डर उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको आग्रह

काठमाडौँ । कोरोना सङ्क्रमणका बिरामीहरुका लागि आफूसँग मौज्दात अक्सिजन सिलिण्डर उपलब्ध गराउन नेपाल निर्माण व्यपसायी महासंघले सदस्यहरुलाई आग्रह गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको दोश्रोे लहरबाट देशभर सङ्क्रमित भएका बिरामीहरूको उपचारको क्रममा अक्सिजनको चरम अभाव हाल देखिएको भन्दै महासंघले यो विपत्तिको समयमा सहयोग गर्न अपिल गरेको हो ।

महासंघले अहिलेको विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग हुने आफुसँग मौज्दात रहेका सम्पूर्ण अक्सिजन सिलिण्डरहरुको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत् नजिकका अस्पतालहरूलाई तत्काल उपलब्ध गराइदिन अपिल गरेको छ ।

नेपाल निर्माण व्यपसायी महासंघका महासचिब रोशन दाहालले महासंघको फेसबुक पेजमार्फत् महासंघ अन्तर्गतका सम्पूर्ण सदस्यहरू प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघहरुलाई अपिल गर्नुभएको हो ।

Leave a comment

1 Comment

  1. Ani rock breaker ko nitrogen gas cylinder pani use garna sakinxa.

Send a Comment

Your email address will not be published. Required fields are marked *