अझै सकिएन गौरवको सडक आयोजना

अझै सकिएन गौरवको सडक आयोजना

मोरङ । प्रदेश १ सरकारको एक मात्र गौरवको आयोजना विराटचोक–पुष्पलालचोक ४ लेन सडक आयोजना अझै पूरा हुन सकेको छैन । २२ किलोमिटर लामो उक्त सडक आयोजना गत आर्थिक वर्षको असार मसान्तसम्ममा सक्नुपर्ने थियो । मुख्यमन्त्री शेरधन राईले उक्त आयोजना समयमै पूरा गर्ने उद्घोष गरेका थिए ।

भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरले दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी तीनवटा प्याकेजमा कुल १ अर्ब ७६ करोड १ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । विराटचोकदेखि नेताचोकसम्म १० किलो मिटर सडक निर्माणका लागि ६८ करोड ६६ लाख र नेताचोकदेखि मिलनचोकसम्मको १० किलोमिटर सडक निर्माणका लागि ६९ करोडमा श्रेष्ठ/रमण/एपेक्स जेभीले ठेक्का लिएको छ ।

हालसम्ममा विराटचोकदेखि नेताचोकसम्मको भौतिक प्रगति ६० र आर्थिक प्रगति ४७ दशमलव ३१ प्रतिशत भएको भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीले बताए । उनले नेताचोकदेखि मिलनचोकसम्ममा भौतिक प्रगति ८० र आर्थिक प्रगति ८३ दशमलव ६८ प्रतिशत भएको बताए । दुवै सडक खण्डको काम गत आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

यस्तै, मिलनचोकदेखि पुष्पलालचोकसम्म २ किलोमिटर सडक र केसलिया खोलामा पुल निर्माणका लागि लामा/बानियाँ जेभी कन्स्ट्रक्सनलाई ३८ करोड ३५ लाख रुपैयाँमा निर्माणका लागि ठेक्का दिएको छ तर त्यसको ३० प्रतिशत भौतिक र २५.५६ प्रतिशत आर्थिक प्रगति भएको रेड्डीले बताए । लामा/बानियाँ जेभीको काम गर्ने समय अझै एक वर्ष बाँकी छ । रेड्डीले विराटचोक–नेताचोक र नेताचोक–मिलनचोकको दुवै प्याकेजको सडक निर्माणका लागि पुस मसान्तसम्म ६ महिना म्याद थप गरिएको बताए …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबर अनलाईन खबरमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *