अध्ययनको तीन वर्ष बित्यो, अघि बढेन काठमाडौं-रक्सौल रेलमार्ग

अध्ययनको तीन वर्ष बित्यो, अघि बढेन काठमाडौं-रक्सौल रेलमार्ग

काठमाडौँ । काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन । सङ्घीय राजधानीलाई भारतको विहार राज्यको रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने योजना बनाएर अध्ययन भए पनि दुई देशबीचमा सम्झौता हुन बाँकी हुँदा थप अध्ययन भएर निर्माणमा जान नसकेको हो । सरकार र भारत सरकारबीच सम्झौतापत्र (एमओयु) मा हस्ताक्षर गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने रेल विभागका महानिर्देशक दीपक भट्टराइले बताउनुभयो । सो सम्बनधी पत्र तयार पनि भइसकेको छ ।

उहाँले भन्नुभयो, “समय मिलाएर दुई देशका बीचमा हस्ताक्षर गर्न मात्रै बाँकी छ ।” भारतीय पक्षले सन् २०१८ मा प्रारम्भिक ९प्रिलिमनरी इञ्जिनीयरिङ एण्ड ट्राफिक सर्बे० अध्ययन सकेको महानिर्देशक भट्टराइले बताउनुभयो । पहिलो चरणको काम भए पनि अझै महत्वपूर्ण काम बाँकी रहेको उहाँले बताउनुभयो । अब हुने विस्तृत अध्ययनमा ‘फाइनल लोकेसन सर्वेक्षण’ हुनेछ । उहाँले भन्नुभयो, “त्यसका लागि पहिले दुई देशका बीचमा समझदारीपत्रमा हस्ताक्षर हुनुपर्छ ।” झण्डै दुई महिनादेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेतृत्व नभएकाले पनि तत्काल केही गर्न सकिने अवस्था नभएको विभागले जनाएको छ ।

सो रेलमार्गको लम्बाई झण्डै १३५ किमी हुने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । रेलमार्ग निर्माणमा कति लगानी लाग्ने भनी यकीन नभएको महानिर्देशक भट्टराइले बताउनुभयो । विस्तृत अध्ययन हुँदा नै पहिले त्यसमा लाग्ने लगानी यकीन हुने र त्यसकै आधारमा कहाँबाट व्यवस्थापन गर्ने भन्ने छलफल हुने उहाँले बताउनुभयो ।

लगानीका विषयमा कसले कति र कसरी गर्ने भन्ने स्पष्ट भइसकेको छैन । लगानी यकीन आएपछि त्यसकै आधारमा भारत सरकारलाई भन्ने कि अरु दातृ निकायलाई भन्ने भन्ने कुरा अघि बढ्नेछ । उहाँले भन्नुभयो, “अहिले अन्तिम अध्ययन गरेपछि प्रतिवेदनले जे जे भन्छ त्यसका आधारमा अघि बढिनेछ …

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *