अनिश्चित बन्दै मेलम्ची आयोजना, दशैं, तिहार अगाडि पानी ल्याउन नसकिने

अनिश्चित बन्दै मेलम्ची आयोजना, दशैं, तिहार अगाडि पानी ल्याउन नसकिने

मुकुन्द गैरे
काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याउन अनिश्चित देखिएको छ । आयोजनाको हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक र पुल बनाउन समय लाग्ने भएको छ । बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले काम अगाडि बढाउन नसकिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताउनुभयो ।

बिग्रिएको बाटो र अस्थायी पुल बनाउन छलफल भए पनि काम अगाडि बढ्न नसकेको प्रवक्ता पन्तले बताउनुभयो । अहिलेको अवस्थालाई हेर्दा दशैं, तिहारसम्म काठमाडौंमा पानी ल्याउन नसकिने अवस्था रहेको समितिको भनाइ छ । असोज, कार्तिकसम्म बाटो र अस्थायी पुल बनेको अवस्थामा त्यसपछि सामान लगेर काम सुरु गर्न सकिने छ ।

गाडी पुग्ने बाटो बनेपछि तीनदेखि चार महिनासम्ममा पानी ल्याउन सकिन्छ भन्ने अनुमान रहेको उहाँले बताउनुभयो । अहिले पनि पानी पर्ने र बाढी र पहिरो जाने खतरा नहटेकाले आयोजनाको काम गर्न अन्यौल देखिएको छ । हेडबक्स बनाएको निर्माण कम्पनीसँग बाटो पुगेको अवस्थामा कति दिनमा काम सम्पन्न गर्न सकिन्छ भनेर उहाँहरुसँग कुराकानी गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।

विभाग र नेपाली सेनाको सहयोगमा बाटो र पुल बनाउन सहयोग लिने विषयमा छलफल भए पनि माथिल्लो तहबाटै निर्णयसँगै बजेटको पनि व्यवस्थापन गर्नु अवस्था रहेकाले समय लाग्ने देखिएको हो । मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस् रहेको ठाउँसम्म पुग्ने बाटो बनाउने काम हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम गरे पनि थोरै थोरै मात्रका काम अगाडि बढेको प्रवक्ता पन्त बताउनुहुन्छ । छिटो खोल्न एक्लै आयोजनाले मात्र सक्ने अवस्था छैन …

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *