अरुणभ्याली हाइड्रोपावरका मजदुरको फलामको पाइपले लागेर मृत्यु

अरुणभ्याली हाइड्रोपावरका मजदुरको फलामको पाइपले लागेर मृत्यु

पाँचथर हिलिहाङ गाउँपालिका १ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्।

बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाइ भएको अन्दाजी ४ टन वजन भएको फलामको पाइप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाइपले लागेपछि घटनास्थलमै उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका ७ का २८ वर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार नेपालखबर डट कमबाट साभार गरिएको हो । यो खबर नेपालखबर डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://nepalkhabar.com/economy/60005-2021-06-11-08-15-52

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *