काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्ति प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव हितेश ओझाले उदयपुर महाप्रबन्धक नियुक्त प्रक्रिया अघि बढाइएको जानकारी दिए।
स्रोतका अनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले महाप्रबन्धक नियुक्ति गर्नेछ।
उद्योग मन्त्रालयको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। सिफारिसका आधारमा सोमबार बस्ने मन्त्रिपरिषद्मा, सोमबार सम्भव नभए अर्को हप्तासम्म निर्णय हुनेछ। उद्योग मन्त्रालयका प्रवक्ता डा। नारायण रेग्मीले मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा तीन जनाको नाम सिफारिस गरेको जानकारी दिए।
सिफारिस समितिले पुस ५ गते वर्णानुक्रमअनुसार ३ जनाको नाम सिफारिस गरेको हो। वर्णानुक्रमअनुसार भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने पहिलो नम्बरमा छन्। त्यसपछि दोस्रोमा काठमाडौं ज्ञानेश्वरका ध्रुबबहादुर देवकोटा र तेस्रोमा कपिलवस्तु वाणगंगाका भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरिएको छ।
उदयपुर र हेटांैडा सिमेन्ट उद्योगलाई गाभ्ने प्रक्रिया पनि सरकारले अघि बढाएको छ। तर तत्काल मर्जरको काम पूरा हुने सम्भावना नभएपछि उदयपुमा महाप्रबन्धक नियुक्ति गर्न लागिएको हो। उदयपुरको खानीमा प्रसस्त चुनढुंगा छ। त्यही चुनढुंगाबाट हेटौंडा पनि सञ्चालन गर्ने सरकारको तयारी छ। रुग्ण उद्योग अध्ययन समितिले पनि ती दुईवटा उद्योग गाभ्न सुझाएको छ।
सरकारले आर्थिक वर्ष २०७१र७२ को बजेटमै उदयपुर र हेटांैडा सिमेन्ट गाभ्ने घोषणा गरेको थियो। तर प्रक्रिया अघि बढ्न सकेन। सरकारले यसपालि पनि सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग र संस्थानलाई आवश्यकताअनुसार गाभ्ने, पुनर्संरचना गर्ने वा व्यवस्थापन विधि परिवर्तन गरी अधिकतम क्षमतामा पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
यो समाचार अन्नपूर्ण पोष्ट डट कमबाट साभार गरिएको हो । यो खबर अन्नपूर्ण पोष्ट डट कममा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।
http://annapurnapost.com/news/172839
Leave a comment