एक अपवाद निर्माण व्यवसायी जो समय अगावै सक्छन् काम

एक अपवाद निर्माण व्यवसायी जो समय अगावै सक्छन् काम

भौतिक निर्माण क्षेत्रमा अधिकांश निर्माण व्यवसायी बदनाम छन् । पुलपुलेसा, भवन, सडक जस्ता संरचनाको ठेक्का लिएर समयावधिभित्र काम नसक्ने, गुणस्तरहीन संरचना बनाउने जस्ता कार्यले आमजनता माझ निर्माण व्यवसायी अलोकप्रिय छन् ।

तर यस्ता पनि निर्माण व्यवसायी छन्, जो समयावधि अगावै ठूला–ठूला संरचना निर्माण सम्पन्न गरी सरकारबाट पुरस्कृत हुँदै आएका छन् । जो आमजनताको फूलमाला र स्नेहको एक्लो हकदार बन्दै आएका छन् ।

ती निर्माण व्यवसायी हुन्, अनिल सिलवाल । जय विष्णु निर्माण सेवा प्रालि काठमाडौंका प्रबन्ध निर्देशक रहेका सिलवालले हालसम्म ठेक्का लिएका सबै संरचनाको निर्माण तोकिएको समयसीमाभन्दा अगावै गरेको दाबी गरेका छन् ।

साउन २४ गते कैलालीको कैलारी गाउपालिका–६ स्थित घुराहा नदीमा बनेको पक्की पुलको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले गरे । जिल्लाको राजीपुर, गदरिया, फूलबारी जोड्ने सडकमा बनेको १०८ मिटर लामो पुल निर्माण भएपछि स्थानीय जनता निकै हर्षित भए ।

पुल नहुँदा कष्टकर तथा जोखिमयुक्त जीवनयापन गरेका स्थानीयले पुल उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी सिलवालको भव्य स्वागत गरे ।

कम्पनीले पुल निर्माण सम्झौता गरेको १७ महिनामै तयार भएको छ । सरकारसँग २०७६ पुस २ गते सम्झौता भएको पुल २०७८ जेठ ३० गते निर्माण सम्पन्न भएको छ । जसको निर्माण अवधि २ वर्ष भए पनि ७ महिना अगाडि नै सम्पन्न भएको हो ।

पुलको लागत १३ करोड ५२ लाख भए पनि १३ करोड ३७ लाख रुपैयाँको लागतमा सम्पन्न भएको निर्माण व्यवसायी सिलवाल बताउँछन् …

यो समाचार लोकान्तर डट कमबाट साभार गरिएको हो । यो समाचार लोकान्तर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *