कछुवा गतिमा नदी तटबन्ध, ११ वर्षमा ३१ प्रतिशत मात्र प्रगति

कछुवा गतिमा नदी तटबन्ध, ११ वर्षमा ३१ प्रतिशत मात्र प्रगति

टीकाराम उप्रेती
झापा । नदी कटान नियन्त्रणको जिम्मा पाएको जनताको तटबन्ध कार्यालयले लक्ष अनुसार काम गर्न सकेको छैन । झापा जिल्लाका ६ वटा नदीको कटान नियन्त्रणको काम गरिरहेको जनताको तटवन्धन कार्यक्रम फिल्ड कार्यालय नम्बर १ झापाले काम सुरु गरेको ११ बर्षमा लगभग एक सय किलोमिटर मात्र तटबन्धन निमार्ण गरेको छ । जिल्लाका मेची, बिरिङ, कन्काई, कमल, रतुवा र मावा खोलामा कुल ३ सय ३ दशमलव ६६ किलोमिटर तटवन्ध गर्नुपर्ने डीपीआरमा उल्लेख छ । सोही अनुसार कुल तटबन्धको काम सम्पन्न गर्न १८ अर्ब बजेट आवश्यक पर्ने देखिएको छ ।

बजेट अभावका कारण लक्ष अनुसारको प्रगति हुन नसकेको हो । डिपिआर अनुसार हालसम्म एक तीहाइमात्र काम भएको छ । यही गतिमा काम हुने हो भने पूरा कामसक्न अझै २० वर्षभन्दा बढी समय लाग्ने देखिन्छ । नदी कटान नियन्त्रण कुनै पनि सरकारले प्राथमिकतामा नपरेका कारण बजेट कम बिनियोजन हुने गरेको छ । हरेक वर्षादमा आउने बाढीले नदी आसपासमा रहेका बस्ती, खेती योग्य जमिन बगाएर लाने गरेको छ । जसका कारण तटवन्धनको काम कछुवा गतिमा भएको छ । यस हरेक बर्ष नदी कटानबाट धेरै ठूलो धनजनको क्षती बेहोर्नुपरिरहेको छ ।

जनताको तटबन्धन कार्यक्रम फिल्ड कार्यालय नम्वर १ झापाका सूचना अधिकृत पुस्प गौतमले डीपीआर अनुसार कार्यालयले हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिनुभयो । कटान नियन्त्रणसम्बन्धी काम गरिरहेका छ वटा नदी र जोखिमयुक्त सदरमुकाम बचाउ कार्यक्रम समेत गरी हालसम्म ९४ दशमलव ०४ किलोमिटर तटबन्धनको काम सम्पन्न भएको छ । यसमा दुई अर्ब ८५ करोड ९४ लाख रुपियाँ बजेट खर्च भइसकेको छ …

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *