कजवे मर्मतका लागि घोराही तुलसीपुर सडक बन्द

कजवे मर्मतका लागि घोराही तुलसीपुर सडक बन्द

दाङ । पत्रे खोलामा भत्किएको कजवे मर्मतका लागि घोराही–तुलसीपुर सडक बन्द गरिएको छ । आइतबार बिहान ८ बजेदेखि मंगलबार राती १० बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

पत्रे खोलाको कजवे भत्किँदा यातायात आवागमनमा समस्या भएको थियो । पत्रेखोलामा पुल निर्माण भइरहेको छ ।

पुल निर्माणका क्रममा भत्किएको कजवे मर्मत नहुँदा समस्या भएको थियो । आइतबार नै कजवेमा ढलान गरिसकिएको उनले जानकारी दिए ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *