कर्णाली करिडोरको सडक सेनाले मर्मत गर्दै

कर्णाली करिडोरको सडक सेनाले मर्मत गर्दै

हुम्ला । नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य शुरुभएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत सम्भार गर्नुपर्ने नियमअनुसार सेनाले सडकको सो काम गर्दैआएको हो ।

नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडक खण्डमा बर्खाको कारण भत्केको, पहिराले अबरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दैआएको बताउनुभयो । कर्णाली करिडोरको कालिकोटको खुलालु, लैफुदेखि सलीसल्लासम्मको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्यमा सेना जुटेको उहाँले बताउनुभयो ।

यो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जनभन्दा बढी स्थानमा भत्केको सडकको मर्मत गर्ने कार्य भइरहेको सेनाले जनाएको छ । नियमअनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिनापछिसम्म भत्केको सडकको मर्मत सेनाले नै गर्नुपर्ने भएकाकारण हाल उक्त खण्डमा काम भइरहेको जनाइएको छ ।

धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइसकेको र अब बाँकी रहेको क्षेत्रमा मर्मतको काम जारी रहेको छ । वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडकमध्ये हुम्ला खण्डमा बढी क्षेती पुगेको छ । सडक अबरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अबरुद्ध भएको थियो …

यो समाचार गोरखापत्र अनलाइन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाइन डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *