कर्णाली प्रदेश सरकारको पहिलो भवन निर्माणको ठेक्का शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सनलाई

कर्णाली प्रदेश सरकारको पहिलो भवन निर्माणको  ठेक्का शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सनलाई


कर्णाली। कर्णाली प्रदेश सरकारको लेखा नियन्त्रक कार्यालय सुर्खेतको भवन निर्माणको जिम्मा शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँले पाएको छ । गत चैत २२ गते उक्त भवन निर्माणको लागि सम्झौता भएको र सम्झौता अनुसार २०७९ चैत २१ गते सम्पन्न गरिसक्नु पर्ने प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले बताउनु भयो ।

कर्णालीको आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज सो भवनको शिलान्यास गर्नुभयो । उहाँले मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक प्रदेश सरकारअन्तरगतको भवन शिलन्यास हुनु सुखद् क्षण भएको बताउनुभयो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय भूकम्प प्रतिरोधात्मक र गुणस्तरयुक्त बनाउन निर्माण कम्पनीलाई निर्देशन दिँदै उहाँले भवन भनेको यस्तो पो हो भन्ने गरी काम देखाउन आग्रह गर्नुभयो ।

प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आव ०७७र०७८ मा विनियोजित बजेट रु तीन करोड ५३ लाख ९३ हजार ४९४ मा उक्त भवन निर्माण हुने बताउनुभयो । प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा सङ्घीय सरकारअन्तरगत स्थानीय सरकारबाट भोगाधिकार लिएर भवन निर्माणकार्य शुरु गरिएको उहाँले जनाउनुभयो ।

उक्त भवन निर्माण भएपछि कर्णाली प्रदेश सरकारको आफ्नो पहिलो भवन हुनेछ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *