कलंकी-महाराजगञ्ज चक्रपथको डिपिआर तयार, कहिलेदेखि हुन्छ काम सुरू?

कलंकी-महाराजगञ्ज चक्रपथको डिपिआर तयार, कहिलेदेखि हुन्छ काम सुरू?

कलंकी-महाराजगञ्ज आठ लेन चक्रपथ विस्तारको प्रारम्भिक डिपिआर तयार भएको छ। चक्रपथ सडक विस्तार चीन सरकारले बनाइरहेको छ। नेपाली पक्षले सडक निर्माणका लागि सहजीकरण गरिरहेको छ।

सडक विभागका अनुसार ११.६ मध्ये करिब ११.३ किलोमिटर सडक निर्माणको डिपिआर तयार भइसकेको जानकारी चिनियाँ पक्षले दिएको छ।

‘तीन महिनाअघि नै प्रारम्भिक डिपिआर तयार भएको जानकारी आएको छ,’ विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘डिपिआर चिनियाँ भाषामा छ। अनुवाद गरेर अंग्रेजीमा पठाइदिनु भनेर इमेल पठाएका थियौं। त्यसपछि जवाफ आइसकेको छैन।’

चिनियाँ पक्षले चक्रपथ सुधार आयोजनालाई सेप्टेम्बर १८ मा इमेल लेख्दै सडकको ‘साइट क्लियर’ भएको रिपोर्ट पनि मागेको छ। आयोजनाले साइटको भिडिओ र फोटोसहितको रिपोर्ट तयार गरिरहेको छ।

‘आज-भोलितिर हामी इमेल पठाउँछौं। त्यसपछि चिनियाँ पक्षले विस्तृत डिजाइन दिन्छ र काम अगाडि बढ्छ,’ आयोजना प्रमुख अर्जुन सुवालले भने।

साइटको रिपोर्ट पाएपछि चिनियाँ पक्षले डिजाइन पठाउनेछ। उक्त डिजाइनमा छलफल गरी विभागले निर्णय लिएपछि औपचारिक रूपमा चिनियाँ पक्ष सडक बनाउन नेपाल आउने सुवालले बताए …

यो समाचार सेतोपाटी डट कमबाट साभार गरिएको हो । यो खबर सेतोपाटीमा पढनको लागि कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *