काठमाडौंका धारामा छाड्नुअघि मेलम्चीको पानी धोबीखोलामा

काठमाडौंका धारामा छाड्नुअघि मेलम्चीको पानी धोबीखोलामा

काठमाडौंका धारामा वितरण गर्नुअघि मेलम्चीको पानी धोबीखोलामा खसालिएको छ।

मेलम्चीको पानीलाई थोक वितरण प्रणालीको पाइपलाइन फ्लस गर्दै शुक्रबार चाबहिलनजिकैको धोबीखोलामा खसालिएको हो। योसँगै धोबीखोलामा सङ्लो पानी बगेको छ।

आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ।

मेलम्चीको पानी वितरणको तयारी अन्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए।

‘आइतबार र सोमबार दैनिक ४ करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले जानकारी दिएका छन् ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।’

पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटरभन्दा धेरै वितरण हुने खानेपानी मन्त्रालयले जनाएको छ।

यो समाचार नेपाल खबर डट कमबाट साभार गरिएको हो । यसलाई नेपाल खबर डट कममा पढ्न कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://nepalkhabar.com/society/53814-2021-03-27-02-05-53

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *