काठमाडौं–तराई द्रुतमार्गको ठेक्कामा वञ्चित गर्न खोजियो : निर्माण व्यवसायी

काठमाडौं–तराई द्रुतमार्गको ठेक्कामा वञ्चित गर्न खोजियो : निर्माण व्यवसायी

काठमाडौँ , नेपाल निर्माण व्यवसायी महासंघले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक) को नयाँ ठेक्कामा नेपाली निर्माण व्यवसायीलाई सहभागी हुनबाट वञ्चित गर्न खोजिएको बताएको छ । आयोजनाले निकालेको नयाँ ठेक्का प्रावधानअनुसार नेपाली निर्माण व्यवसायीसँग हुँदै नभएको अनुभव माग गरिएको महासंघले जनाएको हो ।

महासंघका महासचिव रोशन दाहालका अनुसार आयोजनाले निकालेको अन्तर्राष्ट्रिय ठेक्काको मापदण्डअनुसार नेपाली निर्माण व्यवसायीसँग दुई लेनको द्रुतमार्ग निर्माण गरेको अनुभव छैन । ‘फास्ट–ट्र्याकमा यसअघि ट्र्याक खोल्ने काम नेपाली निर्माण व्यवसायीले गरे, अपग्रेडिङसम्मको काम पनि उनीहरूबाटै भयो,’ महासचिव दाहालले भने, ‘प्राविधिक हिसाबले विशेष प्रकृतिका पुल निर्माण गर्न नसकिएला तर सडक कालोपत्र गर्न विदेशी निर्माण व्यवसायी नै किन चाहियो ?, हामीसँग नभएको अनुभव राखेर किन ठेक्का निकालियो ?’

उनका अनुसार विदेशी निर्माण व्यवसायीसँग जोइन्ट भेन्चरमा जान नमिल्ने गरी मापदण्ड बनाइएको छ । ‘२० मिटर चौडाइको सडकमा ईपीसी (इन्जिनियरिङ, प्रोक्र्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलको ठेक्कामा जोइन्ट भेन्चरमा सहभागी हुने कम्पनीले कुल ठेक्का रकमको २५ प्रतिशत बराबरको काम गरेको अनुभव हुनुपर्ने भन्ने छ,’ दाहालले भने, ‘द्रुतमार्गमा काम गरेको पनि अनुभव हुनुपर्ने उल्लेख छ ।’ यो मापदण्डका कारण नेपाली निर्माण व्यवसायीको क्षमता नपुग्ने उनको दाबी छ । ‘आयोजनाले जति मापदण्ड राखेको छ, त्यसअनुसार हामी सहभागि हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘आयोजनालाई पत्र पठाएर मापदण्ड हेरफेर गर्नेबारे छलफल भइरहेको छ ।’

सेनाका अनुसार अहिले तीन खण्डमा ठेक्का आह्वान गरिएको छ । ७२.५ किलोमिटर सडकमध्ये निजगढदेखि राजदमारसम्म २२.५ किमिको पूरै प्याकेजमा ठेक्का आह्वान गरिएको हो । पहिलो दुई खण्डको गत साउन ३१ र बाकी एक खण्डको असोज १ गते ठेक्का आह्वान गरिएको हो । ठेक्काअनुसार साधारण र विशेष प्रकृतिका पुल तथा तोकिएको दूरीअनुसार द्रुतमार्गको कालोपत्रलगायतका काम गर्नुपर्नेछ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले कसैलाई पनि प्रतिस्पर्धाबाट बाहिर राख्न नखोजिएको दाबी गरे । ‘आयोजनाको आवश्यकताका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकेको नियमअनुसार नै यो ठेक्का आह्वान गरिएको हो,’ उनले भने, ‘जोइन्ट भेन्चरमा सबै नेपाली निर्माण व्यवसायी सहभागी हुन पाउनेछन् । जोइन्ट भेन्चरमा आउन मिल्ने गरी प्रावधान बनाउन भनिएपछि दोस्रो पटक आह्वान गरिएको ठेक्कामा ती प्रावधान राखिएको छ ।’ दोस्रो पटक आह्वान गरिएको ठेक्कामा सबैलाई प्रतिस्पर्धा गर्न दिने भन्दै म्याद थप गरिएको उनको भनाइ छ …

यो समाचार ईकान्तिपुर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपुर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *