किन ढलिरहेका छन् नेपालका पुल, यस्ता छन् इन्जिनियरिङ कारण

किन ढलिरहेका छन् नेपालका पुल, यस्ता छन् इन्जिनियरिङ कारण

डिजाइनमा समस्या, निर्माणका क्रममा कम गुणस्तरिय सामग्रीको प्रयोग र कमजोर भौगर्भिक अध्ययनका कारण मोटरेबल पुलहरुमा विभिन्न खाले समस्या देखा पर्छन् । म्याद सकिएका तथा ठूला प्राकृतिक प्रकोप आउँदा पुलहरुमा समस्या देखा परे पनि सामान्य अवस्थामा समस्याहरु देखा पर्नुलाई अस्वाभाविक मानिन्छ । तर, नेपालमा निर्माणाधीन र निर्माण सम्पन्न भइसकेका पुलमा पटक–पटक समस्ष देखिने गरेको छ । केही समयअघि चितवन र धादिङमा निर्माणाधीन दुई पुल भत्किनु यसका पछिल्ला उदाहरण हुन् ।

पुलको डिजाइन
पुल निर्माण तथा डिजाइनको समयमा विशेषगरी दुई पाटोलाई ध्यानमा राख्नुपर्छ, भौगोलिक र संरचनागत पाटो । रोडको क्षमता र श्रेणीअनुसार पुलको डिजाइन गरिन्छ । पुल डिजाइन गर्दा पुलले थेग्न सक्ने भार र पुल निर्माण गरिने ठाउँको माटो तथा भौगोलिक पक्षलाई ध्यानमा राखिन्छ । पुल निर्माणका लागि बनेका गाइडलाइनहरुको आधारमा डिजाइन गरिनुपर्छ ।

पुल संरचनामा आएका समस्या केलाउन र समस्या आउन नदिन यी र यस्तै पाटोहरुलाई ध्यानमा राख्नुपर्ने स्ट्रक्चरल इन्जिनियर्स एसोसियसनका अध्यक्ष ई। डा। भरत मण्डल बताउँछन् । पुलको निर्माण गर्दा जियोटेक्निकल ९भौगोलिक अवस्था० डिजाइनको पक्षलाई ध्यान नदिई संरचना माटोमै ठड्याउँदा अथवा जग बसाल्दा पुल भासिने लगायत समस्या आउने उनी बताउँछन् । त्यस्तै, संरचनात्मक डिजाइनमा ध्यान नदिँदा फाउन्डेसन अथवा पिल्लर फेल हुने समस्या आउँछ । इन्जिनियर्स पोस्टसँग मण्डल भन्छन्, ‘त्यसैले स्ट्रक्चरल इन्जिनियरले डिजाइन गर्दा जियोटेक्निकल अध्ययनको रिपोर्टले आधारमा कस्तोखाले फाउन्डेसनका लागि सुझाएको छ, त्यसमा आधारित भएर डिजाइन गर्नुपर्छ र पुल निर्माणको गाइडलाइनअनुसार पुलले थेग्ने भार र रोडको क्याटेगोरीअनुसार डिजाइन गर्नुपर्छ ।’

किन आउँछ पुलमा समस्या ?
अध्यक्ष मण्डलकाअनुसार डिजाइन नमिल्दा, उचित अध्ययन तथा योजनाबिना पुल निर्माण कार्य अघि बढाउँदा, निर्माणको क्रममा गुणस्तरिय सामग्री प्रयोग नगर्दा र काम गर्दा आएका समस्याबारे सम्बन्धित निकायमा नबताउँदा पुल निर्माणका क्रममा र निर्माणपछि समस्या देखापर्ने गर्छ ।

डिजाइनबाहेक पुल निर्माणमा प्रयोग हुने कमजोर सामग्रीका कारण पनि पुलमा विभिन्नखाले समस्या आउने उनी बताउँछन् । ‘पुल निर्माणका क्रममा सामग्रीको गुणस्तर र गुणस्तर नियन्त्रणको कुरा आउँछ’ उनी भन्छन्, ‘कंक्रिट संरचनामा परिवर्तनशीलता हुने हुँदा यसमा गुणस्तर नियन्त्रण राम्रोसँग गरिएन भने पुल निर्माणकै क्रममा टेक्का बगाउने, क्र्याक आउने, पुल भासिनेलगायत थुप्रै समस्याहरु आउन सक्छन् । त्यसैले निर्माण सामग्रीको गुणस्तर र गुणस्तर नियन्त्रणमा ध्यान दिनुपर्छ ।’

उनकाअनुसार कहिलेकाहिँ डिजाइनअनुसार डिजाइनभन्दा केही कुरा फरक भेटिन सक्छ । त्यस्तो अवस्थामा कन्ट्राक्टरको इन्जिनियरले सम्बन्धित निकायलाई भन्नुपर्छ र डिजाइन परिवर्तन गर्न लगाउनुपर्छ ।

तर हाम्रा कतिपय पुलहरुको डिजाइनमा समस्या आउँदा पनि डिजाइन परिवर्तन गरेको भेटिदैन । जस्तो डिजाइन छ त्यस्तै निर्माण गर्ने भेटिन्छ । साथै पुल निर्माणको क्रममा विभिन्न सामग्रीको अन्डरइस्टिमेट र ओभरइस्टिमेट गरेको भेटिन्छ । यस्तो अवस्थामा गुणस्तर नियन्त्रणमा राख्न सकिएन भने पुलहरुमा विभिन्न समस्या देखा पर्छन् र तत्कालिन समस्याले दिर्घकालिन समस्या निम्त्याउँछ ।

‘सामान्यतया पुलहरुको डिजाइनबारेको निर्देशनहरु तयार नै छ । निर्देशनहरुलाई ध्यान दिएर पुल डिजाइन गर्ने हो भने सामान्यखाले समस्याहरु देखा पर्दैनन्’ इन्जिनियर्स पोस्टसँग मण्डल भन्छन्, ‘त्यसैले पुलको डिजाइन र निर्माणको क्रममा पुरानो र नयाँ गाइडलाइन्सबीचमा भएको फरकपनमा ध्यान दिनुपर्छ र नयाँ गाइडलाइनअनुसार काम गर्नुपछ ।’

माटोका कारण पुलमा समस्या
पुराना पुलहरुमा सामग्रीको आयु सकिएर समस्या आउँछ । भूकम्प, पहिरोजस्ता विपद्ले पुलमा क्षति हुन्छ । केही दिनअघि भत्केको चितवनको पुलजस्तो केसमा भने माटोको परीक्षण नमिलेका कारण, डिजाइन र गुणस्तर नियन्त्रण कमजोर भएको कारण फेल भएको हुनसक्छ । माटोको प्रकृतिअनुसार पुलमा विभिन्नखाले समस्या देखा पर्ने अध्यक्ष मण्डल बताउँछन् ।

‘नेपालमा हालसम्म फेला नपरेको माटो अहिले पश्चिम नेपालमा फेला परेको छ । त्यो माटो सुख्खा हुँदा निकै कडा हुन्छ भने पानि पर्ने वित्तिकै घुलेर जान्छ’ उनी भन्छन्, ‘यस्तोखाले माटोमा पुल बनाउँदा पुलको भार नै धान्न नसक्ने हुन्छ र ठूलो जोखिम निम्तिन्छ ।’ यस्तो समस्या नआओस् भन्नका लागि सुरुमै डिजाइनर र जियोटेक्निसियनले ध्यान दिनुपर्छ ।

पुलको आयु र नेपालका पुल
स्ट्रक्चरल इन्जिनियर र जियोटेक्निकल इन्जिनियरले तयार पार्ने डिजाइनअनुसार कंक्रिटबाट बनेको पुलको आयु कम्तिमा ५० वर्ष हुन्छ । जानकारहरुका अनुसार पुलको गुणस्तर राम्रो छ र वातावरणीय प्रभाव कम छ भने कंक्रिटबाट बन्ने पुल ५० वर्षभन्दा बढी पनि टिक्न सक्छ । आयु बढाउन बेलाबेलामा पुलको अवलोकन र मर्मत भने चाहिन्छ ।

मोटरेबलमा आर्क आरसीसी, आरसीसी विमरस्ल्याब, प्रेसट्रेस, स्टिल प्लेट बक्स गर्डर, स्टिल ट्रस, केवल स्केभ, झोलुङ्गे लगायत सबै खाले पुल नेपालमा छन् । यस्तो खाले पुलको डिजाइन पनि फरक–फरक हुन्छ ।

(साभारः इन्जिनियर्स पोष्टमा अस्मिता खड्काले लेख्नुभएको खबर)

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *