के.एम. इन्जिनियर्स विल्डर्सले एक वर्ष नपुग्दै बनाए सिस्ने खोलामा पुल, निर्माण व्यवसायीले पाउने भए बोनस

के.एम. इन्जिनियर्स विल्डर्सले एक वर्ष नपुग्दै बनाए सिस्ने खोलामा पुल, निर्माण व्यवसायीले पाउने भए बोनस

पूर्णप्रसाद न्याैपाने

ओखलढुंगामा निर्माण सम्पन्न गर्नुपर्ने मिति भन्दा एक वर्ष अगावै पुल निर्माणको काम सम्पन्न भएको छ । जिल्लाको मिलनचोक सपनावति रुम्जाटार सडक खण्ड अन्तरगत सिस्ने खोलामा २ वर्षमा बनाई सक्नेगरि ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो ।

सिस्ने खोला पुल

के.एम. इन्जिनियर्स विल्डर्स प्रा.लि. काठमाडौंले २०७९ साल असार २४ गते निर्माण सम्पन्न गर्नेगरि २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो । २ वर्ष भित्र सम्पन्न गर्नेगरि जिम्मा लिएको ३५ मिटर लम्बाई र ८.४ मिटर चौडाईको प्रिस्टिेस आर.सि.सि.पुल एक वर्ष भित्रै निर्माण सम्पन्न गरिएको ठेकेदार कम्पनी के.एम. इन्जिनियर्स विल्डर्स प्रा.लि.का मोहन कार्कीले बताए । जिम्मा लिएको काम तोकिएको समय भित्रै सक्ने कम्पनीको नीति अनुरुप गुणस्तरीय काम गरेर समय अगावै निर्माण सम्पन्न गरि हस्तान्तरणको तयारीमा रहेको उनले बताए । ‘ठेक्का सम्झौता गरेको एकवर्ष हुन केही दिन अझैबाँकी छ । सक्नुपर्ने समय अझै एकवर्ष छ तर हामीले काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेका छौं ।’ निर्माण व्यवसायी कार्कीले भने, ‘शिलान्यास गरेर काम थालेका दिनदेखि कुनै दिन काम रोकिएन । प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री ज्यूको निरन्तर अनुगमन निरीक्षण भईरह्यो । बजेट पनि समयमै निकासा भएपछि काम बेलैमा सक्न हामीलाई सजिलो भयो ।’ प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको पहलमा निर्माण भएको उक्त पुल निर्माण आयोजना कार्यान्वनमा प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय, ओखलढुंगाले सहयोग गरेको थियो ।

स्थानीय सडक पुल कार्यक्रम, स्थानीय सडक पुल सहयोग इकाईको सहयोगमा भ्याट सहित ५,००,४४,४४२/२१ रुपैयाँ लागतमा सिस्नेखोला पुल निर्माणको ठेक्का लागेको थियो ।

सिस्नेखोला पुल शुक्रबार प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

ठेकेदारले जिम्मा लिएर योजनाहरु अलपत्र पार्ने गरेका थुप्रै उदाहरणका बिच सिस्ने खोला पुल समय अगावै निर्माण सम्पन्न हुनु सुखद् सन्देश भएको सरोकारवालाहरुले बताएका छन् । समय अगावै ठेक्का लिएकाे काम सक्ने निर्माण कम्पनीले नियमानुसार बाेनस रकम पाउने जनाइएकाे छ ।

जिल्लामा ठेकेदारले समयमै काम नगर्दा पटक पटक म्याद थपिएर पनि काम नभएका दर्जनौं आयोजनाहरु अलपत्र अवस्थामा छन् ।

यो समाचार भिजन समाचार डट कमबाट साभार गरिएको हो । यो खबर भिजन समाचार डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

ठेक्का लागेको एक वर्ष नपुग्दै बन्यो सिस्ने खोलामा पुल, ठेकेदारले बोनस पाउने – (visionsamachar.com)

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *