के हुन्छन् १४ सय सडक आयोजना ?

के हुन्छन् १४ सय सडक आयोजना ?

काठमाडौँ । अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमा १४ सय सडक आयोजनाको कार्यान्वयन स्थगन गर्ने निर्णयसँगै ठेक्का भइसकेका पुराना आयोजना कसरी अघि बढाउने भन्ने अन्योल थपिएको छ । विधेयकमा आवश्यकता र औचित्यका आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी ती आयोजनाको कार्यान्वयन नगर्न भनिएको छ ।

अब ती आयोजना कसरी अघि बढ्छन् त ? सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्, ‘पुराना आयोजनाको दायित्व फरफारक गरेर खारेज वा सम्बन्धित निकायलाई बुझाउने निर्णय गर्दा उपयुक्त हुन्छ । १४ सय आयोजनामध्ये १ हजार पुराना छन् । त्यसमा ठेक्का सम्झौता भएका आयोजनाको काम रोक्न भएन । केहीले भुक्तानी लिइसकेका पनि छन् । केहीमा काम भइसकेर पनि भुक्तानी लिन बाँकी छ ।’ सबै ठेक्का फरफारक गर्दा १० अर्ब रुपैयाँ आवश्यक हुने र तिनलाई रोक्न नहुने उनले बताए ।

विधेयकमा उल्लेख यी आयोजनाको विषयबारे अझै स्पष्ट भइनसकेको उनको भनाइ छ । अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा चार सय आयोजना थपेका थिए । ती आयोजना भने कार्यान्वयनमा गइसकेका छैनन् । अघिल्लो आर्थिक वर्षमा ठेक्का भइसकेका १ हजार आयोजनालाई भने स्थगन गर्न नसकिने सडक विभागले प्रस्ट्याइसकेको छ । यसबारे विभागले अर्थ मन्त्रालयलाई आयोजनाहरूको विवरण पठाइसकिएको नेपालले जानकारी दिए ।

१४ सय आयोजनामध्ये केहीलाई सांसद एवं मन्त्रीले अर्थ मन्त्रालयकै सहमति लिएर बहुवर्षीय ठेक्कामा लगेको बताइएको छ । यसले पनि आयोजना रोक्दा समस्या हुन सक्ने उनको भनाइ छ । यसअघि ठेक्का भएर काम थालेका ठेकदारलाई भुक्तानी रोकिदिँदा पनि अर्को समस्या आइपर्ने उनले बताए । पुराना आयोजनालाई टुंग्याउन रकमको व्यवस्था गरिनुपर्ने विभागले जनाएको छ …

यो समाचार ईकान्तिपुर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपुर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *