क्रसर व्यवसायी महासंघको अध्यक्षमा सिताराम न्यौपाने निर्वाचित

क्रसर व्यवसायी महासंघको अध्यक्षमा सिताराम न्यौपाने निर्वाचित

हेटौंडा । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा सिताराम न्यौपाने निर्वाचित हुनुभएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सगरमाथा क्रसर उद्योगका संचालक तथा हेटौंडा–५ निवासी न्यौपाने महासंघको बुटबलमा १६ र १७ माघमा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनमा ललितपुरका क्रसर व्यवसायी किरण थापालाई १२ मतले पराजित गर्दै न्यौपाने आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । न्यौपानेले कुल ६० मत प्राप्त गर्नुभएको थियो ।

सदस्यहरुमा बेचन शर्मा ठाकुर, केदार गिरी, अमर बिक्रम शाह, सरोज कुँबर, विकास नारायण श्रेष्ठ, शंकर न्यौपाने र शारदाप्रसाद ढकाल निर्वाचित भएका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा श्यामराज खडका, प्रदेश १ को उपाध्यक्षमा देवराज तामाङ, प्रदेश २ मा प्रदिप कुमार खड्का, बागमती प्रदेशमा देवराज लुईटेल, गण्डकी प्रदेशमा लिलाधर बराल, लुम्बिनी प्रदेशमा चन्द्रमणी अधिकारी निर्वाचित भएका छन् ।

महासंघको महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशनराज गिरी, सहसचिवमा मिन बहादुर शाहि, कोषाध्यक्षमा यामबहादुर मल्ल र सहकोषाध्यक्षमा बिकल्प हमाल निर्विरोध निर्वाचित भएका थिए ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *