खानेपानी मन्त्री मणि थापा मेलम्ची अवलोकनमा, फागुन पहिलो साता सुरुङमार्गमा पानी पठाइने

खानेपानी मन्त्री मणि थापा मेलम्ची अवलोकनमा, फागुन पहिलो साता सुरुङमार्गमा पानी पठाइने

काठमाडौं। ​​​​खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन्।

मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरे।

अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए। अवलोकनपछि मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताए।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको जानकारी दिए।

उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको पनि उनले बताए।

सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले जानकारी दिए।

यो समाचार बिजमाण्डु डटकमबाट साभार गरिएको हो । यो समाचार बिजमाण्डु डटकममा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://bizmandu.com/content/20210124150649.html

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *