गोरखा जोड्ने पुल अन्तिम चरणमा

गोरखा जोड्ने पुल अन्तिम चरणमा

गोरखा l चितवन र गोरखा जोड्ने त्रिशूली नदी माथि निर्माणाधीन पुलको ९५ प्रतिशत काम सकिएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक जोड्ने पुल निर्माण तीन वर्षभित्र सक्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७३/७४ बाट निर्माण सुरु भएको थियो ।

गत आर्थिक वर्ष पुल निर्माण सक्ने लक्ष्य राखिए पनि कोरोना महामारीले ढिलाइ भएको हो । स्टिल आर्क मोडलको पुल निर्माणको जिम्मा टुन्डी लामा सपना जेभीले पाएको छ । आगामी असोजसम्म निर्माण कार्य पूरा गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनी सपना कन्स्ट्रक्सनका इन्जिनियर सागर बस्नेतले बताए । ‘दसैंसम्म गाडी गुडाउने लक्ष्यका साथ कामलाई तीव्रता दिएका छौं,’ उनले भने । अहिले पुलबाट गोरखातर्फको दुई सय मिटर सडक स्तरोन्नतिको काम भइरहेको उनले बताए । १६ करोड रुपैयाँको लागतमा बनेको १ सय ४५ मिटर लम्बाइको उक्त पुल सञ्चालन मा आएसँगै गण्डकी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् …

यो समाचार ईकान्तिपुर डट कमबाट साभार गरिएको हो l पूरा समाचार पढन् कृपया यो लिंकमा क्लिक गर्नुहोला  l धन्यवाद III

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *