चार लेनको कञ्चनपुर–कमला राष्ट्रिय राजमार्ग निर्माण शुरु

चार लेनको कञ्चनपुर–कमला राष्ट्रिय राजमार्ग निर्माण शुरु

लाहान । कञ्चनपुर कमला राष्ट्रिय राजमार्गको चार लेन निर्माण कार्य लहान नगरपालिका क्षेत्रमा तीव्र गतिमा अगाडि बढिररहेको छ । कुल ८७ किलोमिटर मध्ये लाहान क्षेत्रमा पर्ने पाँच किलोमिटर सडकको निर्माण वर्षा लाग्नुभन्दा अगावै सक्ने गरी काम अगाडि बढाइएको छ । सडक निर्माण कार्य अघि वढेपछि स्थानीय खुसी छन् ।

कञ्चनपुर कमला परियो्जना अन्तगर्त दुई प्याकेजमा काम सञ्चालन गरिएको परियोजनाका सुपरीक्षक अनिल ढुङगानाले जानकारी दिँदै कुनै बाधा अडचन नभए र यही गतिमा काम अगाडि बढिरहे निर्धारित तीन वर्षभित्रमा सप्तरीको कञ्चनपुर र सिरहाको कमलासम्म करिब ८७ किलोमिटर निर्माणकार्य सम्पन्न हुने बताउनुभयो ।

उहाँको अनुसार अहिले सिरहाको दुई ठाँउबाट र सप्तरीको रुपनीबाट दुई प्याकेजमा निर्माण कार्य अघि बढाउने लक्ष्य अनुसार काम भइरहेको छ । लहान क्षेत्रमा पाँच किलोमिटर राष्ट्रिय मार्गमा दुबैतिरबाट माटो पुर्ने र रुख कटान काम अघि बढेको हो । बलान नदीमा १२ मिटर चौडाइको पुल निर्माण कार्यको थालनी गर्न तयारी भइरहेको छ ।

लहान नगरपालिकामा ओभर फलाईङग पुल र तलबाट सडक निर्माणकार्यलाई वर्षातपछि गरिने सुपरीक्षक ढुङगानाले प्रष्टयाउदै बजार क्षेत्रमा प्रवेश गरेपछि निर्माण कार्यलाई झन् गति दिएर गर्नुपर्ने जानकारी दिनुभयो ।
राष्ट्रिय राजमार्गसँग जोडिएका सिरहा सप्तरी दुबै जिल्लाका स्थानीय तह पालिकाहरुसँग समन्वय गरेर कार्य अघि बढाँउदा स्थानीय तहहरुबाट निकै सहयोग हुँदा निर्माण कार्य सहज भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय राजमार्गलाई विस्तार गर्न चाइना रेलवे –२ ले निर्माण कार्यलाई लहान क्षेत्रमा गति दिएको लाहान नगरप्रमुख मुनि साहले भन्नुहुँदै चार लेनको सडक निर्माण सुरु भैसकेकपछि स्थानीयमा उत्साह थपिएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *