चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ

चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ

चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा नगरका अधिकांश मुख्य सडक कालोपत्रे गरेको हो । नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर राजेश कोइरालाका अनुसार चालु आर्थिक वर्ष ०७७र०७८ मा २९ वटा सडक निर्माणको क्रममा रहेका छन् । यी सबै योजना रु २० लाखभन्दा माथिका रहेको उहाँले बताउनुभयो । तीन सडकको निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको चरणमा छन् । नगरपालिकाले रु १३ करोड ९६ लाख सडक निर्माणका लागिमात्र विनियोजन गरेको छ ।

कोरोना र बर्सातको पानीले निर्माणको काम प्रभावित भए पनि समयमै गुणस्तरीय काम सम्पन्न गर्ने गरी काम भइरहेको कोइरालाले बताउनुभयो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठले नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म नगर प्रमुखमा निर्वाचित हुनुभन्दा अगाडि नगरपालिकामा तीन किलोमिटर मात्र भत्केको कालोपत्रे थियो । अहिले कति काम भएको छ । एक पटक नगरपालिका घुम्ने जो कोहीले पनि थाहा पाउँछ ।”

जनप्रतिनिधि आएपछि नगरपालिकामा सडक कालो पत्रेमा कायापलट नै भएको हो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाका वडा नं १० र ११ का मुख्य सडक कालोपत्र हुन बाँकी रहेको र यसै वर्ष काम सम्पन्न गरिने बताउनुभयो ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/province/2021-06-23-40350

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *