चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास

चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास

इलाम-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली चियाको अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन र निकासी गर्न सहज हुने बताएका छन् । इलाम जिल्लाको सूर्योदय नगरपालिकाको कन्याममा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गर्दै मुख्यमन्त्री राईले गुणस्तरिय चिया विश्व बजारमा निर्यात गर्न सहज हुने बताए । उनले चियाको विकास र विस्तार अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने र चियाको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री राईले दुई वर्ष अगावै भनव निर्माण कार्य सम्पन्न हुने बताउँदै देशमै पहिलो पटक चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको स्थापनाले सूर्योदय नगरपालिका र इलामका चियाँंग सरोकार राख्ने सबैलाई उत्साही बनाएको बताए । उनले अब नेपाल भर उत्पादन भएको चिया यहाँ ल्याएर गुणस्तर र स्वादको मापन गरिने बताए ।

उनले तीन लेयरका सरकारले विकास निर्माणका काममा उत्तिकै ध्यान दिई राखेकाले विकास भएन भनेर चिन्ता गर्नु नपर्ने बताए । नेपालको चिया विश्वमा प्रतिष्पर्धा गर्न सक्ने भए पनि परीक्षणको अभाव रहेकाले ओझेल परेको मुख्यमन्त्री राईले बताए । उनले केन्द्रको स्थापना भएसँगै निकासी र प्रवद्र्धनमा सहज हुने बताए ।

कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री राम रानाले स्थानीयस्तरका चिया बगानको संरक्षण गरेर गुणस्तरीय चिया विश्व बजारमा पठाउन केन्द्रले सहयोग पुग्ने बताए ।

सूर्योदय नगरपालिकाको योजनाअनुसार प्रदेश–१ सरकार र नगरपालिकाको साझेदारीमा कन्याममा चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको हो । २३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने केन्द्रका लागि प्रदेश १ सरकारले ८० र सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानी गर्ने छ ।

यो समाचार कारोबार डेल्ली डट कमबाट साभार गरिएको हो । यो खबर कारोबार डेल्लीमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *