जति पुरानो हुँदै गयो त्यति नै चम्किलो र आकर्षक हुँदै जाने सुर्खी, सस्तो र वर्षौंसम्म टिकाउ

जति पुरानो हुँदै गयो त्यति नै चम्किलो र आकर्षक हुँदै जाने सुर्खी, सस्तो र वर्षौंसम्म टिकाउ

अस्मिता खड्का

घरको बाहिरी भित्तामा इँटामाथि इँटा लगाए जस्तो देखिने डिजाइन हो, सुर्खी । यो विशेषगरी नेवारी घरहरूमा देखिन्छ । यसको प्रचलन नेवारी समुदायबाट प्राचीन समयदेखि भए पनि नेपालमा यसबारे धेरैलाई थाहा छैन । यद्यपि, पछिल्लो समय प्लास्टर, पेन्टिङको झन्झट र घररभवनलाई आकर्षक देखाउन मानिसले सुर्खीको प्रयोग गर्न थालेका छन् ।

‘कान्तिपुर सुर्खी वाल सर्भिस’

सुर्खीको आकार्षण बढेसँगै बजारमा सुर्खी वाल सर्भिस् सञ्चालनमा आएका छन् । तीमध्येको एक हो, ‘कान्तिपुर सुर्खी वाल सर्भिस’ । यसका सञ्चालक हुन्, रोबिन योञ्जन । करिब १५ वर्षको विदेश बसाइपछि नेपाल फर्केका रोबिनले सुर्खीको अवधारणा भने छिमेकी मुलुक चीनबाट ल्याएका हुन् ।

आफूले चिनियाँहरूबाट सुर्खीको काम सिकेर नेपाल भित्र्याएको बताउँछन्, उनी । ‘करिब १५ वर्षको विदेश बसाइमा मैले सुर्खीबारे धेरै कुरा सिकेँ । उताबाट सुर्खी बनाउने र लगाउने टेक्निक सिकेँ’ उनी सुनाउँछन्, ‘र सिकेको कुरा नेपाल भित्र्याएँ । मैले सुर्खी लगाउने र नेपालीहरूको लगाउने तरिका फरक छ । मैले चिनियाँ तरिकाअनुसार घरका भित्तामा सुर्खी लगाउँछु । जुन नेपाली तरिकाभन्दा टिकाउ हुन्छ र आकर्षक देखिन्छ ।’

विगत ६ महिनादेखि सञ्चालित कान्तिपुर सुर्खी सेवाले घरलाई आकर्षण बनाउन र टिकाउ तरिकाले सुखी सेवा दिँदै आएको छ । यसले आफैं सुर्खी उत्पादन गर्छ । त्यसैगरी ग्राहकको मागअनुसारको रङ, डिजाइन र सुलभ मूल्यमा सुर्खी लगाउँदै आएको छ । हाललाई उपत्यकाभित्र मात्र सुर्खी सेवा दिइरहेको यस कान्तिपुर सुर्खी सेवाले छोटो समयमै २० जनालाई रोजगार दिएको छ ।

बिहान ९ देखि बेलुका ५ बजेसम्म काम गरेबापत हरेकले दैनिक १ हजार कमाउँछन् । सञ्चालक योञ्जन आफैंले कामदारलाई सुर्खी बनाउने र लगाउने तरिकाबारे सिकाइदिन्छन् । उनले किड्नी फेल भएका व्यक्तिलाई पनि आफ्नो कम्पनीमा रोजगार दिएका छन् । कान्तिपुरमा सुर्खीसँगै ‘वुड कार्भिङ सेवा’ पनि सञ्चालनमा छ । जसले दरबार, मठमन्दिरमा हुने आँखीझ्याल, मूर्तिलगायत काठबाट बन्ने सामग्रीमा चित्र कोर्ने गर्छ । यसबाहेक योञ्जनले केआर फाइबर ग्लास, ओराकल कन्स्ट्रक्सन कम्पनी पनि सञ्चालन गर्दै आएका छन् ।

आफू इन्जिनियर नभए पनि इन्जिनियरिङसँग सम्बन्धित काम गर्नुपर्ने बताउँदै सुर्खीबारे इन्जिनियर्स पोस्टलाई भने, ‘इँटाको भित्तामाथि इँटा थपेजस्तो देखिने सुर्खी बजारमा नयाँ भए पनि विस्तारै प्रचलनमा आउँदैछ । मानिस वर्षैपिच्छे पेन्टिङ गर्नुपर्ने र प्लास्टर गर्नुपर्ने कुराबाट वाक्क भएर सुर्खीतर्फ आकर्षित भएका छन् ।’

सुर्खी के हो रु केबाट बन्छ यो ?

सिमेन्टको प्लास्टरको सट्टा इँटाजस्तै देखिने गरी घरको भित्तामा लगाइने वस्तु हो, सुर्खी । यो नेपालमै बन्छ । युरोप अमेरिकातिर पनि यसको प्रयोग गर्ने चलन छ । यो इँटाको धूलोबाट बन्छ । पाकेको इँटालाई पिसेर धूलो बनाउने र त्यसमा ह्वाइट सिमेन्ट, चुना र मात्राअनुसारको रङ मिसाएर तयार पारिन्छ । रङ भने ग्राहककको मागअनुसार थरीथरीको हुन्छ ।

यसरी लगाइन्छ, सुर्खी

घरको भित्तामा हुने इँटाबीच ‘ग्याप’ भर्ने काम हो, सुर्खीको । इच्छाअनुसार घरको भित्ताको भित्रीरबाहिरी आवरण आकर्षक बनाउन यसको प्रयोग गर्ने तरिका भने फरकफरक हुन्छ । सुर्खी लगाउनुअघि घरको भित्ताको इँटाको ‘ज्वाइन्ट र सेप’ ९आकार०मिलेको हुनुपर्छ । बनिसकेको घरको भित्तामाथि सुर्खी लगाइन्छ । इँटाको आकार निकालेर, भित्ता सफा गरेर र इँटालाई चम्काएर बाहिरबाट लगाइन्छ । इँटामाथि लगाउँदा यो आफैं अडिन्छ ।

कान्तिपुर सुर्खी सेवाका सञ्चालक रोबिनका अनुसार ठूल्ठूला होटलबाहिर, पार्कका भित्तामा, घरभित्ररबाहिर सुर्खी लगाइन्छ । अधिकांशले घरभित्रको लिभिङ रुममा पनि अलगअलग डिजाइनमा लगाउने गर्छन् । सुर्खी २/३ डिजाइन (डबल कोरर सिंगल कोर र मध्यम कोर) मा उपलब्ध छ ।

ग्राहकको मागअनुसार सेतो, गेरुवा र अन्य रङमा लगाइन्छ । सुर्खी लगाएको ६ महिनासम्म इँटाबाट हल्का सेतो धूलो निस्कन्छ । सुकेपछि धूलो हराउँदै जान्छ । यसलाई अझै चमकदार बनाउन त्यसमाथि बारिस लगाउन सकिन्छ ।

नेवार समुदाय र आधुनिक सुर्खी लगाउने तरिका फरक हुन्छ । प्लास्टर गरेको भागमा पेन्टिङ गरेर र बाँकी इँटा भएको भागमा सुर्खी प्रयोग गरेर घरलाई आकर्षक बनाउन सकिन्छ ।

आधुनिक र नेवारी सुर्खीबीच फरक

कान्तिपुर सुर्खी र नेवारी सुर्खीमा केही हदसम्म फरक हुने रोबिनको भनाइ छ । ‘सुर्खी बनाउने तरिका उस्ताउस्तै भए पनि सुर्खी लगाउने तरिका भने फरक छ,’ उनी भन्छन्, ‘नेवारी तरिकाअुनसार इँटाको ग्यापमा हल्का पुछेर सुर्खीको धूलो र लेप लगाएर ग्यापलाई टाल्ने हुन्छ । त्यसमाथि सुर्खी लगाउँदा राम्रो पनि देखिँदैन र टिकाउ हुँदैन । हामीले फरक तरिकाले लगाउँछौँ । जुन टिकाउ र आकर्षक हुन्छ ।’

सस्तो र वर्षौंसम्म टिकाउ

एक पटक लगाएको सुर्खी घर नभत्किन्जेल टिकिरहने र जति पुरानो भयो उति राम्रो देखिने योञ्जन बताउँछन् । ‘सुर्खी निकै बलियो हुन्छ । भित्तामा एक पटक लगाइसकेपछि ग्रान्डरले पनि काट्न सक्दैन,’ उनी भन्छन्, ‘ओल्ड इज गोल्ड भनेझै जति पुरानो भयो उति बलियो र राम्रो हुँदै जान्छ । जति वर्षसम्म घर टिक्छ त्यतिन्जेल टिकिरहन्छ । तर, बेला मौकामा बाहिरबाट मर्मत भने गरिरहनु पर्छ ।’ योञ्जनकाअनुसार पानी पर्दा पनि सुर्खीमा कुनै असर पर्दैन । एकपटक घरको भित्तामा सुर्खी लगाइसकेपछि घरमा पेन्टिङ र प्लास्टर गरिरहनु पर्दैन ।

घरको सजावट, आकर्षण र पैसाको बचत सुर्खीका मुख्य विशेषता हुन् । सुर्खी लगाउँदा सस्तो र घर आकर्षक देखिने मात्र नभई देशभित्रको पैसा बाहिरिन नपाउने योञ्जन बताउँछन् । ‘हामीले विभिन्न सामान देशबाहिरबाटै मगाउँछौं,’ उनी भन्छन्, ‘तर, सुर्खी नेपालमै बन्ने भएकोले यसले देशको पैसा बाहिरिन दिँदैन ।’ सुर्खीको मूल्य पनि भित्ताअनुसार पर्छ । प्रति स्क्वायर ९० देखि १ सय ५० रुपैयाँ पर्छ । engineerspost बाट

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *