झापामा कोरोना खोपको माग गर्दै सडक निर्माण बन्द

झापामा कोरोना खोपको माग गर्दै सडक निर्माण बन्द

झापा । झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिए ।

उनले भने, ‘खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।’ खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनले जानकारी दिए ।

सो सडक खण्डको निर्माणमा १३० मजदूरकर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिना अघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गर्नुभएको थियो । उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटरे छ …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबर अनलाईन खबरमा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *