टालटुले विकास

टालटुले विकास

भोजपुर । एक साताअघि मात्रै इर्खुवा खोलाको कंक्रिट पुलको पर्खाल बाढीले बगायो। ठेकेदार कम्पनीको लापरबाहीका कारण षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा जोड्ने पुलको मेसिनरी ग्याबिन (पर्खाल) भत्किएपछि यातायात ठप्प बनेको छ। स्थानीय बासिन्दालाई जोखिम मोलेरै उपभोगीय सामान ओसारपसार गर्नु परेको छ।

२०७५ सालमा बनेको उक्त पुल ठेकेदार कम्पनीको कमसल गुणस्तरका कारण बाढीले ग्याबिन भत्काएको स्थानीय जनक योगीले बताए। उक्त पुलको आयु ५ वर्ष रहने मापदण्ड भए पनि बनेको २ वर्ष नबित्दै भत्किएको छ। ५ वर्षअघि हरि राउतको हरिहर निर्माण कम्पनीले ४ करोड लागतमा पुल बनाउने ठेक्का पाएको थियो। यस्तै संखुवासभा जोड्ने लम्छुवाघाटको पुल पनि विगत १० वर्षदेखि अलपत्र छ। २०६७ असार २५ मा ३ वर्षभित्र काम सक्ने ठेक्का पाएको स्वच्छन्द निर्माण कम्पनीले पिलर राख्ने स्थानमा चट्टान भेटिएको भन्दै काम अलपत्र पारेको थियो।

पुनः डिजाइनअनुसार पुलमा ४ वटा पिलर १६ मिटर गहिराइसम्म गाडिनुपर्ने प्रावधान भए पनि ठेकेदार बीचैमा काम अलपत्र पारेर हिँडेपछि पुलको काम बन्द भएको थियो। पछि समय थपेर २०७२ असोजभित्र काम सक्ने भनिए पनि ६ वटा पिलर उठाउने मात्रै काम भयो। थप पुनः डिजाइनपछि पुलको निर्माण खर्च १६ करोड ६३ लाख पुर्‍याइयो। तर पनि ठेकेदार, ठेकेदार कम्पनीको लापरबाही र सडक विभागको बेवास्ताले निर्माण कार्य ठप्पै भयो।

थपिएको डिजाइनपछि पुलको लम्बाइ २ सय ४७ मिटरको भए पनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी रहेको सडक डिभिजन कार्यालय तुम्लिङ्टारले बताएको छ। पुल नहुँदा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजार बढी सर्वसाधारण प्रभावित छन् …

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *