तिलोत्तमामा यस्तो बन्दैछ अत्याधुनिक बस टर्मिनल

तिलोत्तमामा यस्तो बन्दैछ अत्याधुनिक बस टर्मिनल

प्रेम सुनार

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अत्याधुनिक बस टर्मिनल बन्ने भएको छ । उक्त बस टर्मिनलको डिजाइन काठमाडौंको डेकोर स्टुडियोले एक महिना लगाएर तयार पारेको हो ।

तिलोत्तमा नगरपालिकाको प्रस्तावमा लुम्बिनी प्रदेश सरकारको ३० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत बजेट साझेदारीमा तिलोत्तमाको टिकौलीगढमा बन्न लागेको बस टर्मिनल निर्माणका लागि संघिय सरकारले १ करोड ६६ लाख बजेट पठाई सकेको छ ।

प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा उक्त बजेट आई सकेको र टेण्डर प्रकृयामा जान लागेको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार तिलोत्तमा नगरपालिका १३ र १४ को बीचमा पर्ने टिकौलीगगढमा १८ विगाह क्षेत्रफलमा बस टर्मिनल बन्नेछ । बस टर्मिनल गौतमबुद्ध विमानस्थलबाट ६ किलोमिटर उत्तरमा पर्दछ ।

बुटवल र भैरहवमा रहेका बसपार्कले सवारीसाधनको चाप खेप्न नसकिरहेको अवस्थामा तिलोत्तमाले बस टर्मिनलको प्रस्ताव प्रदेश र संघीय दुबै सरकारमा लगेको नगरप्रमुख घिमिरेको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्विनी भ्रमणका लागि आउने अन्र्तराष्ट्रिय यात्रुहरुलाई समेत उपयोगी हुनेछ । त्यस नगरपालिकाले डिपिआर र जग्गा तारवारका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट छुट्टाएको छ ।

यो समाचार रातोपाटी डट कमबाट साभार गरिएको हो । यो खबर रातोपाटी डट कममा पढनको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://ratopati.com/story/184296/2021/6/7/tilottama-

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *