दक्ष कामदार समस्या समाधानका लागि एकीकृत परियोजना सुरु

दक्ष कामदार समस्या समाधानका लागि एकीकृत परियोजना  सुरु

वीरगन्ज।नेपालमा देखिएको दक्ष कामदार समस्या समाधानका लागि निजी क्षेत्रको संगठनहरूले एकीकृत परियोजना शुभारम्भ गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघले प्रदेशस्तरमा पहिलो पटक दक्ष जनशक्तिको खोजी गर्न एकीकृत परियोजना सुरु गरेको हो । प्रदेश नम्बर २ स्तरीय परियोजनाको आइतबार वीरगन्जमा शुभारम्भ गरेको छ । निजी क्षेत्रले ८० प्रतिशतभन्दा बढीलाई रोजगारी दिने सामथ्र्य राख्ने निजी क्षेत्र नै रहेकाले नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रबाट उत्पादित जनशक्ति र उद्योग प्रतिष्ठानमा आवश्यक सीपयुक्त जनशक्तिबीचको बेमेलले निजी क्षेत्रको उत्पादन तथा रोजगारी दुवैमा नकारात्मक असर परेकाले नेपालका पाँचवटा निजी क्षेत्रका छाता संगठनहरूले युरोपियन युनियनको दक्षकोषमार्फत ब्रिटिस काउन्सिल र उद्योग वाणिज्य महासंघबीच परियोजना सञ्चालनका लागि सम्झौता गरेको छ ।

श्रम बजारमा मागअनुसारको रोजगारदाता संघहरूले समान्वयात्मक रूपमा श्रमबजार सूचनासम्बन्धी कार्यक्रमहरू संचालनका लागि एउटा संरचना स्थापना गर्ने उद्देश्य परियोजनाको छ । यसले राष्ट्रिय पेशागत वर्गीकरण मापदण्डको विकास गरी दक्ष जनशक्ति उत्पादनगर्ने, श्रम बजार सूचना प्रणालीको विकास गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्यमा रोजगारदाताको आवश्यकताअनुसार सीपयुक्त जनशक्तिको विकास गर्न सूचना तथा जानकारी दिने काम गर्छ । यो परियोजना कृषि, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रधमा कार्यान्वयनमा ल्याइनेछ । १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँको बजेट रहेको परियोजनाको समयावधि १४ महिनामा सम्पन्न हुनेछ । कार्यक्रममा आफ्ना धारणा राख्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले श्रम बजारको आवश्यकता एउटा तर लगानी अर्कैतर्फ हुँदा श्रम बजारमा जनशक्तिको अभाव भइरहेको बताए ।

उनले निजी क्षेत्रले अहिले पनि जनशक्ति केमा आवश्यकता हो भन्ने दुविधामा रहेकाले यो चुनौतीपूर्ण परियोजना रहेको बताए । अहिले स्थानीयतहको सरकारसँग रोजगारीका लागि र प्रहरी प्रशासनमा पर्ने मुद्दा मामिलाको लागि जनता बढी आउने गरेकाले स्थानीय तहको लागि पनि यो परियोजना आवश्यक रहेको बताए । उनले यो परियोजना स्थानीयतहसँगको समन्वयबिना सफल नहुने भएकाले परियोजनामा सहकार्य गर्न तयार रहेको पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले निजी क्षेत्रको स्वार्थ भनेको मुलुकको समृद्धि नै रहेकाले ७० प्रतिशत बेरोजगार युवाहरू विदेश पलायन भइरहेको अवस्थामा उनीहरूलाई नेपालमै रोक्नका लागि पनि सीपयुक्त तालिम सहितको व्यावसायिक दक्षजनशक्ति उत्पादन आवश्यक रहेको बताए । उनले यो परियोजनाले दक्षजनशक्ति उत्पादनका लागि समग्र सीपको विकास गर्ने बताए ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले ५ वर्षको परियोजना भए पनि सरकारका असहयोगका कारणले यो पनि गुम्ने सम्भावना रहेको बताउँदै सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने दायित्व मुलुकमा प्रतिनिधित्व गर्ने यी नै पाँचवटा संगठनको पनि भएकाले यो परियोजना कार्यान्वयनका लागि एकीकृत पहलगरिएको बताए ।

नेपाल सरकारसँग पनि अहिलेको श्रम बजारमा कति जनशक्तिको आवश्यकता छ भन्ने यकिन तथ्यांक नरहेकाले निकट भविष्यमातीनै तहका सरकारहरूसँगको सहकार्यमा १० हजार ३ सय ४५ जनालाई तालिमदिने तयारी गरिएको बताए । नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर २ का उपाध्यक्ष अशोक वैदले अहिलेको अवस्थामा शिक्षामा संस्कार र कामदारलाई अनुशासन सहितको सीप आवश्यकता रहेको बताए ।

उनले नेपालका ठूला परियोजनाहरू समयमा सम्पन्न नहुनुमा दक्ष र अनुभवी जनशक्तिकै अभावका कारण रहेको बताउँदै प्राविधिक जनशक्ति उत्पादनका लागि प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जले प्राविधिक शिक्षालयको स्थापनाका लागि पहल गर्न सुझाव दिए ।

त्यसका लागि आवश्यक जग्गा उपलब्ध गराउन आपूmले पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले निजी क्षेत्रलाई सीपयुक्त जनशक्तिको पहिचान गर्न सहज हुने भएकाले पाँचवटा संस्था मिलेर संचालनमा ल्याएको यो परियोजना श्रमबजारमा आवश्यक दक्ष र सीपयुक्त जनशक्तिको सूचना र जानकारी राख्नुको साथै आपूर्तिमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यो समाचार कारोबार डेली डट कमबाट साभार गरिएको हो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *