दमक भ्युटावरको सम्झौतामा विदेशी ठेकदार, काममा स्थानीय मात्रै

दमक भ्युटावरको सम्झौतामा विदेशी ठेकदार, काममा स्थानीय मात्रै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन दृश्यावलोकन स्तम्भ (भ्युटावर)को ठेक्कामाथि प्रश्न उठेको छ । महालेखा परीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनले भ्युटावरको ठेक्का विदेशी कम्पनीसँगको जोइन्ट भेन्चर कम्पनीले लिए पनि स्थानीय कम्पनीले नै काम गरिरहेको भन्दै प्रश्न उठाएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजनाले दमकमा १८ तलाको भ्युटावर बनाउन चिनियाँ कम्पनी जेडसीजीआईईसीसहित आशिष ओम साइराम निर्माण कम्पनी जेभीसँग १ अर्ब ५६ करोड १४ लाखको सम्झौता गरेको थियो ।

यो कम्पनीको संयुक्त उपक्रम रहेको स्वामित्वमा विदेशी व्यवसायीको २० र नेपाली व्यवसायीको ८० प्रतिशत छ । तर, निर्माण कार्यमा विदेशी निर्माण व्यवसायीको संलग्नता नदेखिएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ …

यो समाचार अनलाइन खबर डट कमबाट साभार गरिएको हो l पूरा समाचार पढन् कृपया यो लिंकमा क्लिक गर्नुहोला  l धन्यवाद

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *