दर्जन पुल शिलान्यास, एउटै बनेनन्

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

बर्खामा बर्सेनिजसो सडक सञ्जालबाट विच्छेद हुने जरेवरका बासिन्दालाई योपटकको बर्खामा पक्की मोटरेबल पुलबाट खोला तर्न पाउने आस थियो। भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा शिलान्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो। तर यो पुलको चारवटा पिलर ठडिनेबाहेक केही भएको छैन।

मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेन्चर, पोखराले ठेक्का लिएको यो पुलको चारवटा पिल्लर ठडिएका छन्। यतिबेला खोलामा उर्लेको भेलले काम समेत रोकिएको छ। हिउँदमा कुलो जस्तै भएर बग्ने बुडुवा खोला बर्खामा तर्न नसक्ने अवस्थामा हुन्छ। यहाँका स्थानीय घाँस–दाउरा र मेलापात गर्न निर्माणाधीन मोटरेबल पुलबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन्।

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ। पुलको काम सक्न १५ प्रतिशतभन्दा बढी काम बाँकी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए। ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला, बाढी आएर काम रोकियो,’ उनले भने। पुल र सडकको बीचमा फिलिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन् …

यो समाचार नागरिक न्युज डट कमबाट साभार गरिएको हो । यो खबर नागरिक न्युज डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *