दाङ औद्योगिक क्षेत्र घोषणा

दाङ औद्योगिक क्षेत्र घोषणा

काठमाडौं । सरकारले दाङ जिल्लाको घोराही उपमहानगरपालिका ४ र ५ ९साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नम्बर १० को ५ सय ४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।

गत आइतबार बसेको मन्त्रिपरिषदले उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरेको हो।

सरकारले घोषणा गरेको नयाँ औद्योगिक क्षेत्रको पूर्वमा लमही घोराही सडक, पश्चिलममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्र रहेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *