दुुधौरा खोलामा पुल निर्माण कार्य तीव्र, खटिँदै महादेव खिम्ती हिराजन जेभी

दुुधौरा खोलामा पुल निर्माण कार्य तीव्र, खटिँदै महादेव खिम्ती हिराजन जेभी

बारा । बाराको पथलैया निजगढ सड्क खण्डमा पर्ने दुुधौरा खोलामा चार लेनको पक्की पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । सडक विभाग मातहतका पुल महाशाखासँगको सम्झौताबमोजिम महादेव खिम्ती हिराजन जेभीले धमाधम पुल निर्माणको काम गरिरहेको छ ।

पूर्वपश्चिम लोक मार्ग अन्तर्गत पर्ने दुधौरा पुल ५ वर्षमा २ पटक भासिएकोले अहिले चार लेनको पुल निमार्ण कार्य सुरु गरिएको हो ।

८९ मिटर लम्बाई र २३ मिटर चौडाइ भएको पुल निर्माण गर्न १५ करोड २३ लाखको लागतमा महादेव खिम्ती हिराजन जेभीसँग सम्झौता गरिएको छ ।

३ वर्ष भित्र निर्माण सम्पन्न गर्नु पर्ने गरी सम्झौता भएता पनि २ वर्ष मै निर्माण सम्पन्न गरिने योजनाका साथ काम अगाडि बढाइएको महादेव खिम्ती हिराजन जेभीका इन्जिनियर अजय झाले बताउनुभयो ।

हाल पुलमा निर्माण नहुन्जेल सम्मलाई खोलाको बाटोबाट डाईभर्सन गरिएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *