दूरबिनडाँडामा निर्माण व्यवसायीको रजाइँ

दूरबिनडाँडामा निर्माण व्यवसायीको रजाइँ

बेनी : म्याग्दीको पोखरेबगर-घार-खिवाङ-शिख-चित्रे सडक आयोजनाको निर्माण व्यवसायीले अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा र गिट्टी दोहन गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी एक्साभेटर प्रयोग गरेर मनपरी ढुङ्गा उत्खनन् भएको हो । मोतिदान-जयमाता जेभीले पहाडबाट आफूखुसी मनपरी शैलीमा ढुङ्गा उत्खनन् गरेको स्थानीयबासी सन्तोष बरुवालले बताए ।

‘पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको छ,’उनले भने,’सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमति बिपरित पहाड खनेर रित्तायो ।’

२०७६ भदौमा वडा अध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने ८ मिटर र चार मिटरभित्र बाट ढुङ्गा निकाल्न दिने सहमति भएको थियो। तर, निर्माण व्यवसायीले सहमति विपरित जंगल मासिने, पहिरो चल्ने गरी धेरै भित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको वडा अध्यक्ष बरुवालले बताए ।

‘उत्खनन् रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए,’ उनले भने, ‘निर्माण व्यवसायी र स्थानीयबासीसँग थप छलफल गरेर निर्णय नहुँदासम्मका लागि पहाड उत्खनन् गर्न रोक लगाएका छौं …

यो समाचार अन्नपुर्ण पोस्ट डट कमबाट साभार गरिएको हो । यो खबर अन्नपुर्ण पोस्ट डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *