देवकोटा संग्रहालयको शिलान्यास

देवकोटा संग्रहालयको शिलान्यास

काठमाडौं : काठमाडौं महानगरपालिका–३०, मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई ‘महाकवि देवकोटा संग्रहालय’का रूपमा पुनर्निर्माण गर्ने कामको थालनी भएको छ। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले संग्रहालय पुनर्निर्माणको शिलान्यास गरेका छन्। शिलान्यासअघि मैतीदेवी मन्दिरमा प्रज्ञा प्रतिष्ठानबाट क्षमापूजासमेत गरिएको थियो। नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि देवकोटा संग्रहालय पुनर्निर्माण गर्न लागेको हो।

कुलपति उप्रेतीले जनसरोकारको विषय बनेको महाकवि देवकोटा संग्रहालयलाई पुरानै स्वरूपमा भूकम्प प्रतिरोधी आधुनिक प्रविधिको प्रयोग गरी पुनर्निर्माण गरिने बताए।

‘राष्ट्रिय गौरवका रूपमा रहेको संग्रहालयको पुनर्निर्माण एक वर्षभित्रै सम्पन्न गरी सञ्चालनमा ल्याउने छौं’, कुलपति उप्रेतीले भने। शिलान्यास कार्यक्रममा उपकुलपति डा. जगमान गुरुङ, सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल, प्राज्ञ सभा सदस्य, कामनपा–३० का अध्यक्ष दलबहादुर कार्की, महाकवि देवकोटा पुत्र डा. पद्मप्रसाद देवकोटा, माइली छोरी अम्विकादेवी रिमाललगायतका परिवारजनको उपस्थिति थियो। प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’लाई संग्रहालय बनाउन अढाई करोड रुपैयाँमा १२ आना एक दाम जग्गा र घर किनेको थियो …

यो समाचार अन्नपूर्ण पोस्ट डट कमबाट साभार गरिएको हो । यो खबर अन्नपूर्ण पोस्ट डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *