नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै ४० रोपनी क्षेत्रफलमा बजार बन्ने, होटल र पेट्रोल पम्प हुने

नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै ४० रोपनी क्षेत्रफलमा बजार बन्ने, होटल र पेट्रोल पम्प हुने

काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्गको प्रवेशद्वार नजिकै ४० रोपनी जग्गामा बजार विकास गरिने भएको छ। सुरुङमार्गको नौबिसेतर्फ होटल, प्रदर्शनीस्थल ट्वाइलेट, पेट्रोल पम्प, गाडी मर्मतसहितको बजार निर्माण गरिनेछ।

विकसित देशको जस्तै अवधारणमा तयार हुने यो बजार नजिकै आकर्षक बनाउन बगैंचा समेत बनाइनेछ। यो बजार विकास आयोजनाले नै निर्माण गर्नेछ। सुरुङमार्गको धादिङ पोर्टलबाट पाँच सय मिटर तल निर्माण हुने बजार विकासको कामसमेत सुरु भइसकेको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार बजारको पूर्वाधार तयार पारेर स्थानीय नगरपालिकालाई हस्तान्तरण गर्नेछ। “हामीले बजारका लागि आवश्यक सबै पूर्वाधार तयार पारेर संचालनका लागि धुनीवेशी नगरपालिकालाई दिन्छौं,ु शाक्यले भने,ुबजार विकास हुँदा स्थानीय उत्पादनले बजार र रोजगारी पाउन सहयोग पुग्छ। त्यसले स्थानीयको जीवनस्तरमा पनि उकासिन्छ।”

उनका अनुसार यो सर्भिसिङ सेन्टरलाई अरु लिंक रोडबाट समेत जोड्न सकिन्छ। धेरै राजमार्गहरु निर्माण भए पनि अहिलेसम्म कुनै सर्भिस सेन्टर बनेको छैन। “विदेशमा प्रत्येक ४०(५० किमी दुरीमा यस्ता स्टेशन निर्माण भएको हुन्छ। नेपालमा भने यो पहिलो पटक हो,” सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने, ‘यसबाट सानो बजार बन्छ। ‍मानिसहरुले रोजागारीको अवसर पाउँछन्। यसले स्थानीयको जीवनस्तर उकास्न सहयोग पुग्छ।ु बजार व्यवस्थापनको सबै जिम्मा नगरपालिकाको रहनेछ।

अहिले सडक निर्माण हुनेबित्तिकै धेरै ठाउँमा सडकको नाली नै मिचेर सटर बनाइहाल्ने प्रवृत्ति जनमानसमा छ। यो आयोजना अन्तर्गत बन्ने सर्भिस सेन्टरले त्यस्तो प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ। पृथ्वी राजमार्गमा नै धेरै स्थानहरुमा सडकमै पसलहरु र होटलहरु खोलिएका छन्। कतिपय स्थानमा राजमार्गको क्षेत्राधिकार नै मिचिएको छ। ुफराकिलो पार्किङ हुँदा गाडीहरु रोकेर चालकहरु फ्रेस हुन पाउँछन्। यसले दुर्घटना कम गराउन सहयोग पुग्छ,ु शाक्यले भने।

जापान सहयोग नियोग (जाइका) को करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण भइरहेको छ। सोही रकमबाटै सर्भिस सेन्टर निर्माण हुनेछ। अहिले उक्त सेन्टर बन्ने स्थानमा विस्फोटक पदार्थ, निर्माण सामाग्री, इक्विपमेन्ट लगायत राखिएको छ।

नागढुंगा-नौबिसे सुरुङमार्गमा अहिले २४ सै घण्टा काम भइरहेको छ। समयमा सक्ने भन्दै रातमा समेत सिफ्ट बनाएर काम गरिरहेको शाक्यले बताए। उनका अनुसार करिब ४ सय ५० जनाले काम गरिरहेका छन्। दुवै पोर्टलबाट एक साथ काम भइरहेको छ। धादिङतिरको पोर्टलबाट १३९ मिटर अडिट टनेल खनिएको छ। मुख्य सुरुङमार्ग खन्ने काम भइरहेको छ।

काठमाडौंतिर ५५ मिटर मुख्य टनेल खनिएको छ। राम्रो चट्टान आउन थालेकाले अब कामको गति बढाउन लागिएको दाबी गरिएको छ। चट्टान फोर्न विस्फोटक पदार्थ प्रयोग गर्नेबित्तिकै गति बढ्नेछ। दैनिक ६ मिटरका दरले खन्ने योजना छ। १४ महिना सुरुङ नै छेड्ने र त्यसपछि फिनिसिङको काम हुनेछ। अहिले आयोजनामा कुनै समस्या नभएकाले तीव्र गतिमा काम भइरहेको प्रमुख शाक्यको दाबी छ।

यो समाचार बिजमाण्डु डट कमबाट साभार गरिएको हो । यसलाई बिजमाण्डुमा पढ्न कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *