नागढुंगा–नौबिसे सुरुङमार्गको काम ठप्प

नागढुंगा–नौबिसे सुरुङमार्गको काम ठप्प

काठमाडौं । राष्ट्रिय प्राथमिकता आयोजनामा रहेको नागढुंगा–नौबिसे सुरुङमार्गको काम सुचारु गराउन सरकारले आवश्यक भूमिका ननिभाएको पाइएको छ । सुरुङमार्गको काम विगत तीन सातादेखि बन्द रहेको छ । सरकारले आवश्यक चासो नदेखाउँदा सुरुङमार्गको काम सुरु हुन सकेको छैन ।

आयोजनाको एक ट्रकले ठक्कर दिएर एक कामदारको मृत्यु भएपछि सुरुङमार्गको काम प्रभावित हुन पुगेको हो । आयोजनामा सिफ्ट चेन्ज हुनेबेला सुरुङमार्ग भित्रबाट कामदार निस्कँदै गर्दा ११ कात्तिकमा सुरुङबाट माटो फ्याँकेर फर्कंदै गरेको ट्रकले धादिङको धुनिबेंसी–९ का २८ वर्षीय ओमकृष्ण पाण्डेलाई ठक्कर दिएको थियो । घाइते पाण्डेलाई उपचारार्थ ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा आयोजनाले चासो नदेखाउँदा काम पुनः सुरु हुन सकेको छैन । जापान सरकारको सहयोगमा जापानी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना भए पनि नेपाल सरकारको भने अहिलेसम्म त्यसमा ध्यान पुग्न सकेको छैन । सडक विभागले भने प्रहरीले असहयोग गरेका कारण पनि काम सुरु हुन नसकेको जनाएको छ ।
विभागले घटना भएपछि प्रहरीले सुरुङमार्गभित्र काम भइरहेका मेसिन अपरेटरहरूको पनि लाइसेन्स खोसेकाले पनि समस्या भएको जनाएको छ । आयोजनाले विवाद हल नहुँदा सुरुङमार्गभित्रको काम रोकिए पनि बाहिरको काम चलिरहेको जनाएको छ …

यो समाचार राजधानी डेली डट कमबाट साभार गरिएको हो । यो खबर राजधानी डेली डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *