नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि निर्माण कम्पनी छानिँदै

नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि निर्माण कम्पनी छानिँदै

काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तारका लागि ठेकदार कम्पनीको छनोट कात्तिक २५ गते हुने भएको छ । सडक विभागले प्रारम्भिक योग्यता पुगेको ठहर गरी छनोट गरेका कम्पनीको आर्थिक प्रस्ताव खोल्न लागेको हो ।

नागढुंगा–नौबीसे र नौबिसे–मलेखु गरी दुई खण्डमा काम गर्न योग्य ठहर भएका कम्पनीले आर्थिक प्रस्तावमा प्रतिस्पर्धा गर्दैछन् । यी दुई प्याकेजमा ४२ कम्पनीले प्रारम्भिक योग्यताका लागि प्रतिस्पर्धा गरेकोमा योग्यता पूरा गरेका कम्पनीहरुको आर्थिक प्रस्ताव खोल्न लागिएको हो ।
दुबै प्याकेजमा सबैभन्दा कम रकम कबोल गर्ने कम्पनी आर्थिक प्रस्तावमा पास हुनेछन् । मलेखु–मुग्लिन खण्डको ठेक्का भने मूल्यांकनको चरणमै छ ।

सडक विभागका उपमहानिर्देशक तथा नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार परियोजनाका प्रमुख रामहरी पोखरेलका अनुसार आर्थिक प्रस्तावमा सफल भएको कम्पनी छनोट गरेर विकास साझेदार ‘विश्व बैंक’मा स्वीकृतिका लागि पठाइने छ । नेपाली कम्पनीले सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने विदेशी कम्पनीको भन्दा ७ प्रतिशतसम्म बढी मूल्य प्रस्ताव गरेमा ठेक्का पाउनसक्ने व्यवस्था छ ।

यो सकडखण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ । यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ ।

बढी उकालो रहेको भागमा सवारी बिग्रँदा असर नपर्ने गरी तीन वटा लेन बनाउन लागिएको हो । आगामी दशैंसम्म ठेक्का सम्झौता गरेर सडक विस्तारको काम थाल्ने तयारी छ ।

यो सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो । तर, मुआब्जा अत्याधिक तिर्नुपर्ने भएपछि मुग्लिन–नारायणगण्ढ सडकखण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबरअनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *