नागढुंगा सुरुङमार्ग दैनिक १० मिटर खनिँदै, हालसम्म १३ सय ७१ मिटर सकियो

नागढुंगा सुरुङमार्ग दैनिक १० मिटर खनिँदै, हालसम्म १३ सय ७१ मिटर सकियो

नागढुंगा सुरुङमार्गको २१ प्रतिशत काम सम्पन्न भएको छ। मंगलबारसम्म १३ सय ७१ मिटर सुरुङमार्ग सम्पन्न भएको हो।

मुख्य र सहायक दुवै सुरुङमार्गको काम भइरहेको छ। थानकोट र सिस्नेखोला दुवै पट्टीबाट सुरुङ निर्माणको काम चलिरहेको आयोजनाले जनाएको छ।

नागढुंगा सुरुङमार्गका आयोजना प्रमुख नरेशमान शाक्यले ६ सय जना कामदारले धमाधम काम गरिरहेको बताए।

‘करिब २ दर्जन जापानी प्राविधिक रहेका छन् भने बाँकी नेपाली हुन्’, शाक्यले नेपालखबरसँग भने, ‘अहिले लक्ष्यभन्दा १ महिना ढिलो काम भइरहेको छ। त्यसलाई मेकअप गर्छौँ।’

सुरुङमार्गको योजनाअनुसार दैनिक ७ मिटर काम गर्नुपथ्र्यो। अहिले दैनिक १० मिटरको काम भइरहेको छ। महिनामा ३०० मिटर काम भइरहेको आयोजनाले जानकारी दिएको छ।

शाक्यले स्थानीयको विरोध लगायतको कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो। कोभिड महामारीको कारण समेत निर्माण काममा अवरोध पुग्यो।

‘अहिले महिनामा ३०० मिटर काम गरिरहेका छौँ’, उनले भने, ‘अर्को महिनाबाट ३५० मिटर काम गर्नसक्छौँ।’

आयोजनाले मुआब्जा विवादको कारण सुरुङमार्ग र सडक जोड्ने बलम्बुको फ्लाई ओभर निर्माणमा भने ढिलाई भइरहेको छ। मुआब्जा निर्धारण नभएसम्म फ्लाई ओभरको काम अघि बढ्न नसक्ने शाक्य बताउँछन् …

यो समाचार नेपाल खबर डट कमबाट साभार गरिएको हो । यो समाचार नेपाल खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *