नारायणगढ-बुटवल सडक विस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

नारायणगढ-बुटवल सडक विस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

सञ्चिता घिमिरे

निर्माण सुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी सरकारले बिस्तार सुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ। यही असारको १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले जनाएको छ।

सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रित भएको प्रमुख रमेशकुमार दृष्टिले बताए।

उनले भने, ‘अहिले कतिपय कामदारको गाउँमा रोपाइँ भएकाले होला फर्किएका छैनन्।’

सामान्य अवस्थामा झण्डै चारदेखि पाँच सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झण्डै ५०-६० जना मात्रै कामदार कार्यरत छन्। कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए। गत वैशाख महिनामा देशभर संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए। कामदारले डरले गर्दा वा परिवारका सदस्यलाई कोभिड हुँदा घर फर्किएको उनले बताए।

उनले भने, ‘वैशाखमा फर्किएका अझै आएका छैनन्।’

अहिले दैनिक वर्षात् भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए। निर्माणका लागि असार÷साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ। मौसमले साथ दिए र सङ्क्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिने उनले बताए …

यो समाचार नेपाल खबर डट कमबाट साभार गरिएको हो । यो खबर नेपाल खबर डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://nepalkhabar.com/economy/100192-2021-7-5-14-53-40

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *