नारायणगढ–बुटवल सडक विस्तार आयोजना, बिजुलीको पोल सारिदै

नारायणगढ–बुटवल सडक विस्तार आयोजना, बिजुलीको पोल सारिदै

ज्ञानु पंगेनी
कावासोती । देशकै गौरबको आयोजनाका रुपमा लिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी नवलपरासी खण्डमा बिजुलीको पोल सार्ने काम शुरुभएको छ ।

पहिलो चरण अन्तर्गत कावासोतीको खरकट्टा जंगलक्षेत्र र बौलाहा खोला, मुकुन्दे खोला र झरही खोला पुलको आसपास स्थानमा नयाँ पोल गाड्ने काम सुरुभएको आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा नेपाल बिद्युत् प्राधिकरण कावासोतीसँगको समन्वयमा नयाँ पोल गाड्ने काम सुरु गरिएको आचार्यले बताउनुभयो ।

पुलको काम सुरु गर्न बिजुलीको पोलले बाधा पुर्याउने हुँदा पहिलो चरणमा पुलको आसपास र जंगलक्षेत्रबाट नयाँ पोल गाड्ने काम सुरु गरेको आचार्यले बताउनुभयो । सडकको क्षेत्रफलभन्दा बाहिर नयाँ पोल गाड्ने काममा अहिले कामदार खटिएका छन् । “नयाँ पोल गाडेर तार टाँगेपछि पुरानो पोलदेखि बिजुलीको तार सार्ने काम गरिने छ” आचार्यले भन्नुभयो ।

आयोजनाका ईन्जीनियर प्रविण थापाकाअनुसार पहिलो चरणमा खरकट्टा जंगलको चार किलोमिटर क्षेत्रफलमा नयाँ पोल गाडिने छ । त्यसपछि अन्य जंगलक्षेत्र तथा बजार क्षेत्रमा गरी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर क्षेत्रफलको बिजुलीको पोल सार्ने काम हुने थापाले जानकारी दिनुभयो …

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईन डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *