निर्माणमैत्री कानून बनाउने मन्त्री झाँक्रीको प्रतिवद्धता

निर्माणमैत्री कानून बनाउने मन्त्री झाँक्रीको प्रतिवद्धता

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन हुनुपर्ने बताएकी छिन् ।

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको विहिवारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।

निर्माण व्यवसायी विकास परिषद्लाई निर्माण उद्योगको विकास र प्रवर्द्धन हुने किसिमका कार्यक्रम बनाएर क्रियाशील पार्नु पर्ने बताउँदै मन्त्री झाँक्रीले गुणस्तरीय निर्माण कार्यमा जोड दिइन् ।

निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएतापनि लो बिडिङका कारण निर्माण उद्योगमा समस्या देखिएको उनले बताइन् । निर्माण व्यवसायीहरूले क्रमशः आफ्नो क्षमता बढाउँदै लगी विदेशी व्यवसायीहरूबाट सीप सिकेर आफ्नो स्तरोन्नति गर्नुपर्ने धारणा मन्त्री झाँक्रीले व्यक्त गरिन् ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका समस्या र समाधानका बारेमा लिखित सुझाव मन्त्री झाँक्री समक्ष पेश गरेको छ । महासंघ प्रतिनिधिमण्डलले शहरी विकास मन्त्री नियुक्त हुनु भएकोमा मन्त्री झाँक्रीलाई बधाई दिँदै उनको कार्यकालको सफलताका लागि शुभकामना दिएको छ …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबरअनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *