निर्माण कम्पनी सीई कन्स्ट्रक्सनको आम्दानी वर्षेनी बढ्दो, २०२० मा कमायो ३ अर्ब रुपैयाँ

निर्माण कम्पनी सीई कन्स्ट्रक्सनको आम्दानी वर्षेनी बढ्दो, २०२० मा कमायो ३ अर्ब रुपैयाँ

काठमाडौं। विभिन्न पूर्वाधारहरु निर्माण गर्दै आएको सीई कन्स्ट्रक्सनको आम्दानी वर्षेनी बढिरहेको छ। कम्पनीले सन् २०२० मा तीन अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। सन् २०१८ मा दुई अर्ब र सन् २०१९ मा कम्पनीले साढे दुई अर्बभन्दा बढी आम्दानी गरेको रेटिङ कम्पनी इक्रा नेपालले जनाएको छ।

कम्पनीले विगत चार वर्षदेखि आम्दानीसँगै नाफा बढाउँदै लगेको छ। तर कोरोना महामारीका कारण परियोजनाको निर्माण र कार्यान्वयनमा केही असर पुर्याएको इक्रा नेपालले जनाएको छ। कम्पनीले सन् १९९२ देखि जलविद्युत, हाउजिङ तथा अपार्टमेन्ट, अस्पताल, होटल, कार्यालय तथा व्यापारिक भवन इत्यादिको निर्माण, डिजाइन र परामर्शको काम गर्दै आएको छ। त्बत्बत्ख्क्

स्थापनाको सुरुआतमा हाउजिङ तथा अपार्टमेन्ट निर्माण गर्दै आएको कम्पनीले विगत पाँच वर्षदेखि भने जलविद्युत निर्माणमा ध्यान केन्द्रीत गर्दै लगेको छ। दुई वर्षदेखि कम्पनीले ठूला क्षमताको जलविद्युत निर्माणको ठेक्का पाउँदै आएको इक्रा नेपालले जनाएको छ।

सीईले कुल चार अर्ब रुपैयाँको ऋणका लागिसमेत रेटिङ पाएको छ। सीईले ८० करोड रुपैयाँ दीर्घकालीन, ७५ करोड ९० लाख रुपैयाँ छोटो अवधी ऋण र दुई अर्ब ४४ करोड ३० लाख रुपेयाँ नन-फन्डमा आधारित छोटो अवधी ऋणका लागि रेटिङ पाएको छ। दीर्घकालीन ऋणका लागि एनपीएल डबल बी प्लस, छोटो अवधीसँगै नन-फन्डमा आधारित छोटो अवधी ऋणका लागि एनपी ए फोर प्लस रेटिङ पाएको छ।-बिजमाण्डू

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *