निर्माण व्यवसायमैत्री ऐन जारी नभए महासंघ संघर्षमा उत्रने

निर्माण व्यवसायमैत्री ऐन जारी नभए महासंघ संघर्षमा उत्रने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अब निर्माण व्यवसायीमैत्री ऐन नियम जारी नभए महासंघ संघर्षमा उत्रने बताएका छन । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको १०औं साधारण भेलालाई राजधानीमा सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।

व्यवसायीमैत्री ऐन नियमको अभावमा निर्माण उद्योगमा धेरै चुनौती थपिएको बताउँदै उनले सार्वजनिक खरिद ऐन संशोधनको अन्तिम प्रक्रियमा रहेको अवस्थामा त्यसलाई पूर्ण व्यवसायीमैत्री बनाउन महासंघ नेतृत्वले इमानदार प्रयास गरिरहेको दाबी गरे ।

महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष रमेश शर्माले निर्माण उद्योगलाई मर्यादित तथा व्यवस्थित बनाउन सबैको इमानदार प्रयास आवश्यक भएको धारणा राखे । लो बिडिङका कारण निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै उनले नीतिगत रूपमै लो बिडिङ अन्त्य हुनुपर्ने बताए ।

महासंघका अर्का सल्लाहकार तथा पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले निर्माण उद्योगमा धेरै चुनौती देखिएको अहिलेको अवस्थामा पेसागत हक हितका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले विभिन्न समस्यासँग जुध्दै भए पनि नेपालका निर्माण व्यवसायीहरूले उत्कृष्ट काम गरिरहेको बताए । महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजकसमेत रहेका महासंघका उपाध्यक्ष आङदोर्जी लामा (एडी) ले महासंघको विकास विस्तारमा एसोसिएट सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताए …

यो समाचार राजधानी डेली डट कमबाट साभार गरिएको हो । यो खबर राजधानी डेली डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *