निर्माण व्यवसायीलाई राज्यले संरक्षण गर्न सकेन : सिंह (भिडियो सहित)

निर्माण व्यवसायीलाई राज्यले संरक्षण गर्न सकेन : सिंह (भिडियो सहित)

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई राज्यले संरक्षण गर्न नसकेको बताउनु भएकाे छ ।  निर्माण व्यवसायी संघ चितवनको २७ औ वार्षिक साधरण सभामा बोल्दै सिंहले निर्माण व्यवसायी विना विकास सम्भव नभएकाेले व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह गर्नुभयो । विकास आयोजना निर्माणमा राज्यकै कैयन नीति नियमले समेत ढिलाइ हुने भएपनि व्यवसायीलाई मात्रै दोष देखाउने प्रवृत्ति हटाउनुपर्ने सिंहकाे भनाई छ ।

कार्यक्रममा निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द  कंडेलले उपभोक्ता समितिलाई निरुत्साहित गरी इजाजत प्राप्त निर्माण व्यवसायीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ५ करोडसम्मका योजनामा कुनै पूर्व योग्यता नचाहिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले निर्माण सामाग्रीको सहज र सरल तरिकाले उपलब्ध गराउन समेत माग गर्नुभयो । व्यवसायीलाई अनावश्यक धरपकड र अंकुश लगाउने काम तत्काल रोकिनुपर्ने माग गर्नुभयो । डिजाइन राम्रो नहुँदा र भेरिएसन गर्नुपर्दा समयमै आयोजना सम्पन्न हुन नसेको बताउनुभयो ।  जिल्ला संघले केन्द्रीय अध्यक्ष रवि सिंहलाइ सरकारसंग लबिङ गर्नका लागि सुझाव पत्र बुझाएको छ ।
साधारण सभा उद्घाटन कार्यक्रममा संघका  प्रथम उपाध्यक्ष केशवप्रसाद लामिछानेले मूल्य वृद्धि, आइइइको समस्याले निर्माण व्यवसायी समस्यामा परेको बताउनुभयो । महासंघका केन्द्रीय सदस्य अशोककुमार केसीले निर्माण व्यवसायलाई सफल बनाउन राज्यले नहेरेको दुखेसो गर्नुभयो ।   व्यवसायी भिष्म अधिकारले साना निर्माण व्यवसायी समस्यामा परेको बताउनुभयो ।

कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा चितवनका नेता द्रोणबाबू शिवाकोटी, राप्रपा चितवनका सचिव केशव भण्डारी, भरतपुर-७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियाे ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *