निर्माण व्यवसायीहरुका माग पूरा गर्न सरकार सकारात्मक : मन्त्री नेम्बाङ

निर्माण व्यवसायीहरुका माग पूरा गर्न सरकार सकारात्मक : मन्त्री नेम्बाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीहरुका माग पूरा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । महासंघले उठाउँदै आएको म्याद थपका विषयमा अर्थ मन्त्रालयसँग पनि छलफल भइसकेको बताउँदै मन्त्री नेम्बाङले केही दिनमै यस विषयमा ठोस निर्णय गरिने जानकारी दिए ।

मंगलबार महासंघ प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री नेम्बाङले धरौटी रकम सम्बन्धको माग भने अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग बढी सम्बन्धित् भएको बताए । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग मन्त्री नेम्बाङले कोभिड–१९ को मापदण्ड तोक्ने विषयमा सीसीएमसीमा छलफल गरिने स्पष्ट पारे । महासंघका अन्य माग सम्बोधनका विषयमा पनि सरोकारवाला पक्षसँग छलफल हुने उनले बताए । देशभर निर्माण कार्यको सिजन सुरु भएको अवस्थामा यसलाई सुचारु ढंगले अघि बढाउनका लागि आवश्यक वातावरण तयार गरिदिन आग्रह गर्दै महासंघ प्रतिनिधिमण्डलले मन्त्री नेम्बाङसँग भेटघाट गरेको हो ।

लामो समयसम्मको लकडाउनका कारण निर्माण कार्यहरु प्राय बन्द रहेको र चाडपर्व पश्चात् समेत निर्माण कार्य सुरु हुने निश्चित नभएको हुँदा त्यस अवधिसम्मको घर भाडा, बैंक किस्ताब्याज, कर्मचारी तलब आदि ओभरहेडका खर्चहरुले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रहेको महासंघले मन्त्री नेम्बाङलाई ध्यानाकर्षण गराएको छ ।

बन्दप्राय रहेको निर्माण कार्यलाई पुनः सञ्चालन गरी आर्थिक कारोबारलाई चलायमान बनाउन निर्माण व्यवसायीहरुको आफ्नो बिलबाट कट्टीभई राज्यको ढुकुटीमा निष्क्रिय अवस्थामा रहेको पाँच प्रतिशत (रिटेन्सन मनि) धरौटी बापतको रकम निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गरिनु अति आवश्यक भएको महासंघको धारणा छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *