निर्माण व्यवसायी महासंघ प्रदेश–१ को साधारण सभा फागुन २९ मा

निर्माण व्यवसायी महासंघ प्रदेश–१ को साधारण सभा फागुन २९ मा

विराटनगर । निर्माण व्यवसायी महासंघ प्रदेश–१ को साधारण सभा आगामी २०७७ फागुन २९ गते हुने भएको छ ।

महासंघ प्रदेश नम्बर १ का अध्यक्ष महोनप्रसाद अधिकारीले निर्माण व्यवसायी महासंघ प्रदेश–१को साधारण सभा आगामी फागुन २९ गते विराटनगरमा सम्पन्न हुने जानकारी दिनुभयो ।

उदयपुरमा सम्पन्न महासंघ प्रदेश–१ को विस्तारित बैठकले साधारण सभाको मिति र स्थान तय गरेको कोषाध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो ।

साधारण सभाका लागि आगामी फागुन १५ गतेभित्र अनिवार्य रुपमा सदस्यता नवीकरण गर्न र प्रत्येक १० सदस्य बराबर एक सदस्यको नाम प्रतिनिधिको रुपमा छनोट गरी महासंघ प्रदेश समितिमा पठाउन अनुरोध समेत गरिएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *