निर्माण व्यवसायी संघका अध्यक्ष बने काँग्रेस धनगढी उपमहानगरको सभापति

निर्माण व्यवसायी संघका अध्यक्ष बने काँग्रेस धनगढी उपमहानगरको सभापति

धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाको सभापतिमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका उपाध्याय नगर सभापतिमा सर्वसम्मत भएको प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले जानकारी दिए ।

बुधबार बिहान साढे ११ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्ने समय दिइएकोमा सभापतिमा अन्यको उम्मेदवारी नपरेपछि उपाध्याय नै सर्वसम्मत भएको सुनारले बताए ।

उपाध्याय यसअघि नगर कमिटिको सचिवका रुपमा काम गर्दै आएका थिए । उपाध्याय नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।

सभापतिमा सर्वसम्मत भएपनि अन्य पदका लागि भने मतदान हुने बताइएको छ । यद्यपी उम्मेदवारहरुबीच सर्वसम्मतीको प्रयास पनि जारी रहेको काँग्रेसले जनाएको छ ….

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबरअनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *