निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको साधारण सभा चैत २१ गते

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको साधारण सभा चैत २१ गते

सिन्धुपाल्चोक । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको १५औं वार्षिक साधारण सभा आगामी चैत २१ गते हुने भएको छ । निर्माण व्यवसायी संघ सिन्धुपाल्चोक कार्य समिति आइतबार सम्पन्न बैठकले चैत २१ गते शनिबार संघको १५ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

साधारण सभाको बन्द शत्र प्रयोजनका लागि संघको सदस्यता आगामी चैत ६ गतेभित्र नवीकरण गनुपर्ने बैठकले निर्णय पारित गरेको छ ।

साधारण सभा संघको आफ्नै सभाहलमा हुने निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका सचिब शिव श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *