निर्माण सामाग्रीमा मूल्य वृद्धिबारे नेपाल निर्माण व्यवसायी संगठनको ध्यानाकर्षण : कि मूल्य घटाऊ, कि दररेट संसोधन गर

निर्माण सामाग्रीमा मूल्य वृद्धिबारे नेपाल निर्माण व्यवसायी संगठनको ध्यानाकर्षण : कि मूल्य घटाऊ, कि दररेट संसोधन गर

पछिल्लो समय बजारमा निर्माण सामग्रीहरुमा अस्वभाविक रुपमा गरिएको मूल्यवृद्धिबारे नेपाल निर्माण व्यवसायी संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनले निर्माण सामाग्रीहरुमा गरिएको अत्याधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरु ठूलो मारमा परेको जनाएको छ ।

संगठनका महासचिब केदार कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा हाल भएको मूल्य वृद्धि घटाई साविककै कायम गर्न वा सामाग्रीहरुको बृद्धि मूल्य छुट्टै दिने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकाय संग माग गरिएको छ ।

पछिल्लो समयमा बजारमा फलामजन्य सामाग्रीमा ४८ प्रतिशतसम्म मूल्य वृद्धि, गिट्टी–बालुवामा १२ देखि १५ हजार रुपियासम्मको मूल्य वृद्धि र सिमेन्टमा २० प्रतिशतसम्म वृद्धि भएको छ । यसरी निर्माण सामाग्रीहरुमा अत्याधिक मूल्य वृद्धि हुँदा छोटो समयमा सम्पन्न गर्नु पर्ने विकास निर्माणका योजनाहरुबाट निर्माण व्यवसायीहरु पूर्ण रुपमा धरासायी हुने अवस्था सिर्जना भएको संगठनले जनाएको छ ।

संगठनले अबका दिनमा मूल्य वृद्धि अनुसारको दररेट निर्धारण गरी सोही अनुसार दर विश्लेषण गराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अब नयाँ दररेट कायम गर्न र हाल आह्वान भइरहेको बोलपत्रको लगत स्टमेटलाई समेत संशोधन गर्न संगठनको माग छ । संगठनले निर्माण व्यवसायीहरुलाई सम्बन्धित निकायसँग निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि बारे ध्यानाकर्षण गराउँदै नयाँ दररेट कायम गराउन पहल गर्न आग्रह गरेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *