नेपालको अन्डरग्राउण्ड सडकको क्षेत्र, अभ्यास र चुनौतीबारे विशेष छलफल हुने

नेपालको अन्डरग्राउण्ड सडकको क्षेत्र, अभ्यास र चुनौतीबारे विशेष छलफल हुने

नागढुंगा टनेल प्रोजेक्टबारे छलफल गर्ने उद्देश्यले ‘अन्डरग्राउण्ड ट्रान्सपोर्टेसन इन नेपाल : स्कोप, प्राक्टिस एण्ड कन्स्ट्रक्सन च्यालेन्जेस’ नामक बृहत् वेबिनार कार्यक्रम हुने भएको छ । एक्सेल इन्जिनियरिङ रिसर्च एण्ड एजुकेसनल सेन्टर प्रालिले आयोजना गर्ने उक्त बृहत् वेबिनार कार्यक्रम आउँदो शुक्रबार (फागुन २८) गते हुने भएको हो ।

कार्यक्रममा विशेषगरी नागढुंगा टनेल परियोजनाबारे विस्तृत छलफल हुने भएको छ । यसका लागि कार्यक्रममा मुख्य वक्ताका रूपमा इन्जिनियर प्रा.डा. कृष्णकान्त पन्थी रहेका छन् भने अतिथि वक्ताका रूपमा ई. नरेशमान शाक्य रहने छन् ।

त्यसैगरी सडक विभागमा कार्यरत ई.कल्पना अधिकारीले प्रतिवेदन प्रस्तुत गर्ने उक्त कार्यक्रमको सहजीकरण भने रोहित रञ्जन सिंहले गर्ने छन् ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *